
नेपाल हेल्थ न्युज, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले निजी अस्पतालको अनुगमनको क्रममा पाँच जिल्लाका ९६ अस्पतालको अनुगमन गर्नुभएको छ । अनुगमनको क्रममा कानून विपरीत सञ्चालित ५८ अस्पताल बन्द गर्नका लागि निर्देशन दिनुभएको छ ।
अहिलेसम्म धनुषा, महोत्तरी, सर्लाही, रौतहट तथा पर्सा जिल्लाका ९६ वटा निजी क्षेत्रबाट सञ्चालित अस्पतालको अनुगमन गर्नुहुँदा ७५ प्रतिशत अस्पताल कानून विपरीत सञ्चालन रहेको पाइएको छ ।
९६ वटा निजी अस्पतालको अनुगमन गर्दा १५ वटा अस्पताल मात्र कानून सम्मत तरिकाले सञ्चालन भएपनि अधिकांश अस्पतालहरू कानून विपरीत सञ्चालनमा रहेको पाइएको मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिनुभयो ।
निजी क्षेत्रका अस्पतालहरूको मुख्यमन्त्रीबाट भएको अनुगमनपछि अस्पताल सुधारको अपेक्षा गरिएको छ ।
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
