
नेपाल हेल्थ न्युज, काठमाडौँ । औषधि व्यवस्था विभागले ६ प्रकारका रिजर्भ ग्रुपमा एन्टीबायोटिक औषधि अस्पताल फार्मेसीबाट मात्र बेच्न निर्देशन दिएको छ ।
विभागले एक सुचना जारी गर्दै मेरोपेनम, कोलिस्टिन लगायत विभिन्न ६ प्रकारका रिजर्भ ग्रुपका एन्टिबायोटिक औषधिलाई अस्पताल फार्मेसीबाट मात्र बेच्न निर्देशन दिएको हो ।
खुद्रा फार्मेसीमार्फत रिजर्भ समुहका औषधिको विक्रिवितरणले सोको अनुचित प्रयोग हुनसक्ने र प्रतिजैविक प्रतिरोध बढ्न सक्ने भन्दै विभागले खुद्रा फार्मेसीमा बेच्न प्रतिबन्ध लगाएको हो ।
‘प्रतिजैविक औषधिको राष्ट्रिय खपतको विवरणले रिजर्भ समूहका प्रतिजैविक औषधिहरुको खपत बढ्दै गईरहेको, पशुपन्क्षीमा प्रयोग हुने औषधिहरुको प्रयोग सम्बन्धि प्रतिजैविक सर्भिलेन्सको समेत अभाव रहेको, औषधि सिफारिसकर्ता, औषधि बिक्रेता र प्रयोगकर्तालाई प्रतिजैविक औषधिको वर्गीकरण बारे पर्याप्त ज्ञान नभएकोले त्यस्ता औषधिको अनुचित प्रयोग हुन नदिनका लागि यस्तो सुचना जारी गरिएको छ।’ –विभागद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
