
नेपाल हेल्थ न्युज, काठमाडौँ । औषधि व्यवस्था विभागले ६ प्रकारका रिजर्भ ग्रुपमा एन्टीबायोटिक औषधि अस्पताल फार्मेसीबाट मात्र बेच्न निर्देशन दिएको छ ।
विभागले एक सुचना जारी गर्दै मेरोपेनम, कोलिस्टिन लगायत विभिन्न ६ प्रकारका रिजर्भ ग्रुपका एन्टिबायोटिक औषधिलाई अस्पताल फार्मेसीबाट मात्र बेच्न निर्देशन दिएको हो ।
खुद्रा फार्मेसीमार्फत रिजर्भ समुहका औषधिको विक्रिवितरणले सोको अनुचित प्रयोग हुनसक्ने र प्रतिजैविक प्रतिरोध बढ्न सक्ने भन्दै विभागले खुद्रा फार्मेसीमा बेच्न प्रतिबन्ध लगाएको हो ।
‘प्रतिजैविक औषधिको राष्ट्रिय खपतको विवरणले रिजर्भ समूहका प्रतिजैविक औषधिहरुको खपत बढ्दै गईरहेको, पशुपन्क्षीमा प्रयोग हुने औषधिहरुको प्रयोग सम्बन्धि प्रतिजैविक सर्भिलेन्सको समेत अभाव रहेको, औषधि सिफारिसकर्ता, औषधि बिक्रेता र प्रयोगकर्तालाई प्रतिजैविक औषधिको वर्गीकरण बारे पर्याप्त ज्ञान नभएकोले त्यस्ता औषधिको अनुचित प्रयोग हुन नदिनका लागि यस्तो सुचना जारी गरिएको छ।’ –विभागद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

