
नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंक बाराकोटी नियुक्त हुनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरिय निर्णय गर्दै डा. बाराकोटीलाई महानिर्देशकमा नियुक्त गर्नुभएको हो । मन्त्रालयमा १२औं तहमा अतिरिक्त सचिवमा कार्यरत डा. बाराकोटीले बुधबार महानिर्देशकको पत्र बुझ्ने बताइएको छ ।
डा. विकास देवकोटा सचिवमा बढुवा हुनुभएपछि स्वास्थ्य विभागमा महानिर्देशकको पद रिक्त थियो। उक्त रिक्त पदमा डा. बाराकोटीलाई पठाउने निर्णय गरेको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

