
नेपाल हेल्थ न्युज, काठमाडौँ । आज विश्व मिर्गौला दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । यस वर्ष 'मिर्गौला स्वास्थ्यबारे शुरुमै थाहा पाउँ' भन्ने नाराका साथ विश्व मिर्गौला दिवस मनाइँदै छ ।
मिर्गौला रोगबारे जानकारी दिन र यसबाट बँच्न अपनाउनु पर्ने उपायबारे सर्बसाधारणलाई जानकारी दिने उद्देश्यले हरेक बर्ष मार्च महिनाको दोस्रो विहीबार यो दिवस मनाउने गरिन्छ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठका अनुसार प्रत्येक १० जना मध्ये एक जनालाई मिर्गौला रोग लाग्ने गर्दछ । पछिल्लो समय मिर्गौला रोगको प्रकोप पनि बढी रहेको छ । मिर्गौला फेल हुनबाट बचाउन व्यक्ति स्वयं पनि लाग्नु पर्ने उहाँको भनाइ छ ।
उहाँ भन्नुहुन्छ ‘खानपानमा ध्यान दिनु, बढी चिल्लो बढि गुलियो खानेकुरा नखाऔँ, धुमपान तथा मध्यपान नगरौँ, शारीरिक व्यायमलाई निरन्तरता दिने र छ महिना वा एक वर्षमा मिर्गौला परीक्षण गर्ने बानीको विकास गरौँ । यसले पनि मिर्गौलाको समस्या भएमा पनि सुरुवातमै थाहा हुन्छ र उपचारमा सहजता हुन्छ ।’
दिवसको अवसरमा बिभिन्न अस्पताल र स्वास्थ्यक्षेत्रसँग सम्वन्धित संघसंस्थाहरुले निःशुल्क मिर्गौला परीक्षण, र्याली गोष्ठी लगायतका कार्यक्रम आयोजना गरिएको छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

