नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य सेवा विभागका नवनियुक्त महानिर्देशक डा. टंक प्रसाद बराकोटीले आजदेखि विभागको जिम्मेवारी सम्हाल्नुभएको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गत फागुन २७ मन्त्रिस्तरीय निर्णय गर्दै डा बाराकोटीलाई विभागको महानिर्देशक बनाउनुभएको थियो ।

फागुन २९ गते निर्णयको पत्र हात परेपछि डा. बराकोटीले विभागको महानिर्देशकको कार्यभार सम्हाल्नुभएको हो । डा. बराकोटी स्वास्थ्य सचिवका लागि प्रतिस्पर्धी हुनुहुन्थ्यो ।
डा. बराकोटी, डा. संगीता मिश्र र डा. विकास देवकोटामध्ये सरकारले डा. देवकाटोलाई स्वास्थ्य सचिव नियुक्त गरेपछि विभागको रिक्त महानिर्देशक पदका लागि स्वास्थ्य मन्त्री पौडेलले डा. बराकोटीलाई नियुक्त गर्ने निर्णय गर्नुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
आहारपूरकलाई औषधिको दायरामा राख्ने प्रस्तावप्रति व्यवसायीको आपत्ति
मंगलबार, साउन १२, २०८३
‘लेट्स ब्रेक इट’ अभियानः २०३० सम्म हेपाटाइटिस सी उन्मूलनको लक्ष्यमा नेपाल-डा. सर्वेश शर्मा
मंगलबार, साउन १२, २०८३
निजी मेडिकल शिक्षण संस्थामा नयाँ सिट थप नगरिनेः प्रा.डा. गोविन्द केसीले तोडे अनशन
सोमबार, साउन ११, २०८३ट्रेन्डिङ
६


