
नेपाल हेल्थ न्युज, काठमाडौँ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिको अध्यक्षमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सरोजा कार्की पाण्डे नियुक्त हुनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्नुहुँदै अस्पतालमा १५ वर्ष वरिष्ठ कन्सल्ट्यान्ट भएर सेवा गरिसक्नुभएकी डा. पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिनुभएको हो ।
डा. पाण्डेले यसअघि भरतपुर अस्पतालमा रजिष्ट्रार र प्रसूति तथा स्त्री रोग सम्बन्धी नीति निर्माण तथा प्रशिक्षकको भूमिका समेत निर्वाह गरिसक्नुभएको छ ।
उहाँले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा नेपालमा प्रजनन् तथा महिला स्वास्थ्यका विविध आयामबारे अनुसन्धानात्मक लेख प्रकाशन गर्नुभएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३
इनर ह्विल क्लब अफ महालक्ष्मीको नयाँ कार्यसमिति पदस्थापन
सोमबार, साउन १८, २०८३ट्रेन्डिङ


