
नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा पाँच लाख पुर्याउन सम्भव भएको बताउनुभएको छ । आइतवार स्वास्थ्य बिमाको सुधारका लागि गठित अध्ययन समितिको प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री पौडेलले सो कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘मैले सुरूवाती चरणदेखि भन्दै आएको थिएँ । सुझाव समितिले पनि बिमाको पाँच लाख पुगाउन सम्भव भएको सुझाव दिएको छ ।’ बिमाको वित्तिय सुधारका योजनासहित दिएका सुझावलाई प्राथमिकिकरण गर्दै तत्काल, अल्पकाल, मध्यकाल र दीर्घकालको कार्ययोजनाअनुसार कार्यान्वयनमा लैजाने प्रतिबद्वता मन्त्री पौलले जनाउनुभयो ।
समितिले नीतिगत, कानुन, स्वास्थ्य बिमामा सहभागिताको संरचनात्मक ढाँचा, स्रोत व्यवस्थापन, सेवाको थैली र प्रिमियम निर्धारण, जोखिम व्यवस्थापन, संरचनागत सुधार, तीन तहका सरकारबिचको सहकार्य, सेवा सुधार, कार्यान्वयन तहमा सुधार, प्रिमियमका स्ल्याव, प्रिभेन्टिभ कार्य तथा सचेतना वृद्धि र सुशासन प्रवर्धनमा केन्द्रित सुझाव दिएको छ।
सुझाव कार्यान्वयन गर्न चाल्नुपर्ने कदमका विषयमा पनि कार्यदलले सुझाव दिएको छ। स्वास्थ्य बिमामा देखिएका समस्या समाधानमा सुझाव दिन डाक्टर शम्भुप्रसाद आचार्यको नेतृत्वमा गत असोजमा सुझाव समिति गठन भएको थियो।
स्वास्थ्यमन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै आचार्यको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेका थिए। समितिमा विकास अर्थशास्त्री तथा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. रघुराज काफ्लेसँगै वरिष्ठ मुटु शल्यचिकित्सक प्राडा. भगवान् कोइराला सदस्य हुनुहुन्थ्यो ।
यसैगरी, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिव सदस्य रहने छन्। स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्मा तथा निजी क्षेत्रका प्रतिनिधिलाईसमेत समितिको सदस्य हुनुहुन्छ ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
