
नेपाल हेल्थ न्युज, गलकोट (बागलुङ)। कालिमाटीमा आयोजना गरिएको एकदिने स्वास्थ्य शिविरबाट चार सय १० जना नागरिक लाभान्वित भएका छन् । रोटरी क्लब अफ बागलुङ र रोटरी क्लब अफ मिट टाउन पोखराको आयोजनामा बागलुङ नगरपालिका–७ कालिमाटीमा आयोजित शिविरबाट नागरिकले विशेषज्ञ सेवा लिएको रोटरी क्लब अफ बागलुङका अध्यक्ष रामकृष्ण शर्माले जानकारी दिनुभयो ।
शिविरको शुभारम्भ वडाध्यक्ष मेघराज गैरेले गर्नुभएको थियो । उहाँले गाउँमै विशेषज्ञ सेवा प्रदानका लागि रोटरी क्लबले गरेको योगदानको चर्चा गर्नुभयो ।
रोटरी क्लब अफ बागलुङका अध्यक्ष शर्माले शिविरमा स्त्रीरोग, हाडजोर्नी तथा नसारोग, मिर्गाैला तथा मूत्ररोग, आँखा, नाक, कान तथा घाँटीरोग, पेट, मुटु तथा छातीरोग र प्रयोगशाला सेवा प्रदान गरिएको जानकारी दिनुभयो । उहाँले गाउँमै विशेषज्ञ सेवा प्रदान गर्दा नागरिकलाई रोगको पहिचान, उपचार तथा खर्च र समय बचत भएको बताउनुभयो ।
शिविरमा स्त्रीरोग विशेषज्ञ डा चण्डिका न्यौपाने, वरिष्ठ सर्जन डा भोजराज न्यौपाने र हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा पविन थापालगायत स्वास्थ्यकर्मीले सेवा दिनुभएको रोटरी क्लब आफ मिट टाउन पोखराका अध्यक्ष सूर्यनारायण बरालले जानकारी दिनुभयो ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
