नेपाल हेल्थ न्युज, काठमाडौं । सर्वोच्च अदालतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगिता कौशल मिश्रालाई बढुवा नगर्नुको कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आइतबार कारण देखाउ आदेश जारी गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईंकेलका अनुसार, विपक्षी सँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेशका लागि छलफलमा झिकाउने आदेश समेत भएको छ ।
स्वास्थ्य सचिवका लागि बढुवा समितिले वरीयताका आधारमा डा. संगीता कौशल मिश्रा, डा. विकास देवकोटा र डा. टंक बाराकोटीको नाम सिफारिस गरेको थियो । गत फागुन २१ गते बसेको मन्त्रीपरिषद् बैठकले स्वास्थ्य सचिवमा डा.देवकोटालाई नियुक्त गरेको थियो । डा.देवकोटाले फागुन २२ गते सचिवमा पदबहाली गर्नु भएको थियो ।
बरियता मिचेर मन्त्रीपरिषदले सचिवमा डा. देवकोटालाई बढुवा गरेको दावी गर्दै डा.मिश्राले चैत १ गते शुक्रवार रिट दायर गर्नु भएको थियो । डा. मिश्राले दायर गर्नु भएको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदमा नियुक्त हुनु भएका डा.देबकोटा लगायतलाई विपक्षी बनाइएको छ ।
आहारपूरकलाई औषधिको दायरामा राख्ने प्रस्तावप्रति व्यवसायीको आपत्ति
मंगलबार, साउन १२, २०८३
‘लेट्स ब्रेक इट’ अभियानः २०३० सम्म हेपाटाइटिस सी उन्मूलनको लक्ष्यमा नेपाल-डा. सर्वेश शर्मा
मंगलबार, साउन १२, २०८३


