नेपाल हेल्थ न्युज, हेटौंडा । बागमती प्रदेशमा सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाहरुको दर्ता, नविकरण, स्तरोन्नती लगायतका प्रक्रिया शुरु भएका छन् । ऐन र मापदण्ड तयार भएर प्रमाणिकरण भएसँगै मन्त्रालयले प्रक्रिया शुरु गरेको हो ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा रविन भुषालका अनुसार स्वास्थ्य सेवा ऐन, स्वास्थ्य सेवा नियमावली र ‘स्वास्थ्य संस्थाको आशयपत्र, सेवा सञ्चालन अनुमति, नवीकरण तथा स्तरोन्नतिसम्बन्धी मापदण्ड, २०८१’ तयार भएर राजपत्रमा प्रकाशित भएसँगै प्रक्रिया शुरु गरिएको हो ।
स्वास्थ्य संस्थाको आशयपत्र, सेवा सञ्चालन अनुमति, सेवा विस्तार, शाखा विस्तार, स्तरोन्नती, स्थानान्तरण र नविरण प्रयोजनका लागि संस्थाहरुले निवेदन दिन शुरु गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “निवेदन प्राप्त संस्थाहरुको विवरण सार्वजनिक गरेका छौं ।”
स्वास्थ्य संस्थाले प्रदेश स्वास्थ्य सेवा ऐन–२०७५, प्रदेश स्वास्थ्य सेवा नियमावली–२०७६, वातावरण संरक्षण ऐन–२०७७ र स्वास्थ्य संस्थाको आशय, सेवा सञ्चालन अनुमति, नविकरण तथा स्तरोन्नती सम्बन्धी मापदण्ड–२०८१ बमोजिम निवेदन दिनु पर्ने डा. भुषालले बताउनुभयो ।
मन्त्रालयले अनलाईनबाट समेत यस्तो सेवा दिन शुरु गरिसकेको छ । बागमती प्रदेशमा सञ्चालित एक सय ९५ अस्पतालले नविकरणको समस्या भोगिरहेका थिए । २६ देखि दुई सय शैयासम्मका अस्पताल प्रदेशको स्वास्थ्य निर्देशनालय र मन्त्रालयमा दर्ता नविकरण हुने प्रावधान रहेको छ ।https://drive.google.com/file/d/12fiaQYahETv7c9fuP84Og_LqtvO7AaYD/view?usp=sharing
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
