नेपाल हेल्थ न्युज, काठमाडौँ । काठमाडौं उपत्यकामा उच्च वायु प्रदूषण देखिएको छ । आइक्यूएयरको तथ्यांकअनुसार बुधबार काठमाडौं विश्वको दोस्रो प्रदूषित शहरको सूचीमा परेको हो ।।
काठमाडौंको औसत वायु गुणवत्ता सूचकांक (एक्यूआई) २६८ माइक्रोग्राम प्रतिघनमिटर मापन गरेको छ, जुन अस्वस्थताको निकै उच्च स्तर हो।
सर्वाधिक प्रदूषित शहरको सूचीमा पहिलो स्थानमा भारतको दिल्ली छ, जहाँ एक्यूआई ३९५ मापन गरिएको छ। काठमाडौंको वातावरणको अस्वस्थ अवस्थाले आकाशलाई तुवालोले ढाकेको छ, जसका कारण सूर्यको किरण नै देखिएको छैन।
विशेषज्ञहरूको अनुसार एक्यूआई २०१-३०० सम्म निकै अस्वस्थ मानिन्छ भने ३०१ भन्दा माथि खतरनाक श्रेणीमा पर्छ।
काठमाडौँको वातावरण स्वास्थ्यको लागि एकदमै हानिकारक रहेकाले सचेतना अपनाउन विग्यहरुले सुझाव समेत दिएका छन् ।
प्रकाशित मिति: बुधबार, चैत २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
रिपोर्ट विशेष
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
