नेपाल हेल्थ न्युज, काठमाडौँ । काठमाडौं उपत्यकामा उच्च वायु प्रदूषण देखिएको छ । आइक्यूएयरको तथ्यांकअनुसार बुधबार काठमाडौं विश्वको दोस्रो प्रदूषित शहरको सूचीमा परेको हो ।।
काठमाडौंको औसत वायु गुणवत्ता सूचकांक (एक्यूआई) २६८ माइक्रोग्राम प्रतिघनमिटर मापन गरेको छ, जुन अस्वस्थताको निकै उच्च स्तर हो।
सर्वाधिक प्रदूषित शहरको सूचीमा पहिलो स्थानमा भारतको दिल्ली छ, जहाँ एक्यूआई ३९५ मापन गरिएको छ। काठमाडौंको वातावरणको अस्वस्थ अवस्थाले आकाशलाई तुवालोले ढाकेको छ, जसका कारण सूर्यको किरण नै देखिएको छैन।
विशेषज्ञहरूको अनुसार एक्यूआई २०१-३०० सम्म निकै अस्वस्थ मानिन्छ भने ३०१ भन्दा माथि खतरनाक श्रेणीमा पर्छ।
काठमाडौँको वातावरण स्वास्थ्यको लागि एकदमै हानिकारक रहेकाले सचेतना अपनाउन विग्यहरुले सुझाव समेत दिएका छन् ।
प्रकाशित मिति: बुधबार, चैत २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
रिपोर्ट विशेष
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३
इनर ह्विल क्लब अफ महालक्ष्मीको नयाँ कार्यसमिति पदस्थापन
सोमबार, साउन १८, २०८३
५ बुँदे सहमतिपछि चिकित्सक आन्दोलन फिर्ता, देशभरका अस्पतालमा नियमित सेवा पुनः सञ्चालन
बुधबार, साउन १३, २०८३ट्रेन्डिङ


