नेपाल हेल्थ न्युज, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले पूर्वनिर्धारित सिट सङ्ख्या घटाएर ‘म्याचिङ’ प्रक्रिया अघि बढाएपछि स्नातकोत्तर तहका विद्यार्थी आन्दोलित भएका छन् । चिकित्सा शिक्षा स्नातकोत्तर (पिजी) अध्ययन गर्ने विद्यार्थी आयोगले सिट सङ्ख्या घटाउँदा आफूहरूले पिजी अध्ययन गर्न नपाउने भन्दै आन्दोलित भएका हुन् । विद्यार्थीले चिकित्सा शिक्षा आयोगलाई अहिलेको म्याचिङ प्रक्रिया तत्काल रोक्न र नमिलेका विषयको निरूपण गर्नका लागि १८ औँ बैठक तत्काल बोलाउन माग गरेका छन् ।
निजी मेडिकल तथा डेन्टल कलेजसँगको टकरावपछि आयोगले एक हजार ४९६ सिट सङ्ख्यालाई घटाएर ६७० मा झारेको छ । आयोगले गत १४ चैतबाट घटाइएको सिटमै म्याचिङ प्रक्रिया अघि बढाएको छ । यसअघि आयोगले १७ औँ बैठकले थप गरेको २३१ सहित ५ फागुनमा यो शैक्षिक सत्रका लागि भन्दै एक हजार ४९६ सिट तोकिएको बताएको थियो । सिट बढाइएपछि पढ्न पाउने आशामा २६ माघमा प्रवेश परीक्षा दिई उत्तीर्ण विद्यार्थी आयोगको पछिल्लो निर्णयले स्तब्ध भएको बताउँछन् ।
निजी मेडिकल कलेजको सङ्गठन एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष प्राडा ज्ञानेन्द्रमानसिंह कार्कीले आयोगको लापरबाहीले गर्दा विद्यार्थीले पिजी अध्ययन गर्न नपाएको बताउनुभयो । उहाँले आयोगले निजी मेडिकल कलेजलाई दिने सिट सङ्ख्या कटौती गरेर म्याचिङ प्रक्रिया सुरु गरेको बताउनुभयो ।
गत १३ मङ्सिरमा आयोगले सिट सङ्ख्या नतोकी एमडिएमएस एमडिएसको प्रवेश परीक्षाका लागि सूचना जारी गरेको थियो । आयोगको यो कदम गलत थियो । पिजीका परीक्षार्थी डा। अभिषेककुमार झाले ८०० भन्दा बढी परीक्षार्थी पढाइबाट वञ्चित हुने अवस्था आएको बताउनुभयो ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा अञ्जनीकुमार झा निजी मेडिकल कलेजले पिजी अध्ययन नगराउने अडान लिएपछि सिट सङ्ख्या घटाएको तर्क गर्नुहुन्छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

