नेपाल हेल्थ न्युज काठमाडौँ । नेपालमा गर्मी बढेसँगै लामखुट्टेबाट सर्ने जापानिज इन्सेफलाइटिस संक्रमण दरमा वृद्धि भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला केही हप्ताहरूमा यो संक्रमणका केसहरू बढ्दै गएका छन्, विशेष गरी तराईका जिल्लाहरूमा जोखिम उच्च रहेको छ।
जापानिज इन्सेफलाइटिस भाइरसबाट हुने रोग हो । यो भाइरस क्यूलेक्स लामखुट्टेले सार्छ। जापानिज इन्सेफलाइटिस एक गम्भीर भाइरल मानिन्छ जसले मस्तिष्कमा गहिरो असर पार्छ। डेङ्गी, येलो फीभर र वेस्ट नाइल भाइरसहरूको वर्ग फ्ल्याफिभाइरस मै जापानिज इन्सेफलाइटिस भाइरस पनि पर्छ। यो रोग मुख्यतः लामखुट्टेको टोकाइबाट सर्छ, जसले संक्रमित सुँगुर वा जङ्गली चराहरूबाट भाइरस फैलाउँछन्।
जोखिमयुक्त क्षेत्रहरू र प्रभावित जनसंख्या नेपालमा विशेषगरी तराईका जिल्ला— मोरङ, सुनसरी, सप्तरी, रौतहट, चितवन, बाँके, बर्दिया, र कैलाली— उच्च जोखिममा रहेका छन्। यी क्षेत्रहरूमा गर्मी बढेसँगै लामखुट्टेको प्रजनन बढ्ने हुँदा संक्रमण फैलिने सम्भावना उच्च हुने विज्ञहरू बताउँछन्। जापानिज इन्सेफलाइटिस भएका अधिकांश बिरामी १५ वर्षभन्दा कम उमेरका बालबालिका हुन्छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार, जापानिज इन्सेफलाइटिसको लक्षणहरुमा बालबालिकामा पाचन प्रणालीको गडवडी र उल्टी हुने प्रमुख प्रारम्भिक लक्षण हुनसक्छ। गम्भीर इन्सेफलाइटिस समस्यामा उच्च ज्वरो आउने र टाउको दुख्ने, टाउको दुख्ने, घाँटी दुख्ने। कव्जियत, रिंगटा लाग्ने, स्पास्टिक पक्षाघात हुन् । रोगका लक्षणहरू भएकाहरूमा मृत्युदर ३० प्रतिशत सम्म हुन सक्छ। बाँच्नेहरूमध्ये २० देखि ३० प्रतिशतमा स्थायी संज्ञानात्मक, व्यवहारिक वा स्नायु सम्बन्धी समस्याहरु जस्तै रिंगटा, श्रवणशक्ति वा दृष्टिमा कमी, बोली, भाषा, स्मरणशक्ति र सञ्चार समस्या हुनसक्छ । साथै कतिपयले हातखुट्टा कमजोर हुने जस्ता समस्याहरू भोग्छन्।
- स्वास्थ्य विज्ञहरूका अनुसार, यस रोगबाट जोगिनका लागि निम्न उपायहरू अपनाउनुपर्छ ।
- लामखुट्टे नियन्त्रणका लागि घर वरपरको सफाइमा ध्यान दिनु
- झुल प्रयोग गर्ने तथा लामखुट्टे भगाउने मल्हम लगाउने
- भ्याक्सिन लगाउने (खासगरी बालबालिका र वृद्धहरूका लागि)
- लामखुट्टे फुल्ने स्थानहरू नष्ट गर्नु
सरकारको प्रयास र जनचेतना कार्यक्रम स्वास्थ्य मन्त्रालयले उच्च जोखिम भएका क्षेत्रमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। साथै, जापानिज इन्सेफलाइटिसवबिरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउनका लागि स्थानीय तहहरूसँग सहकार्य भइरहेको छ।
विशेषज्ञहरूका अनुसार, रोगको जोखिम कम गर्न व्यक्तिगत सतर्कता अनिवार्य छ। यदि कसैलाई उच्च ज्वरो, टाउको दुखाइ, वा अन्य लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरिएको छ।
एशियामा प्रत्येक वर्ष झन्डै एक लाख जनामा जापानिज इन्सेफलाइटिस पुष्टि हुने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ।
यो रोगको छुट्टै उपचार छैन। रोगका लक्षणअनुसार बिरामीको उपचार गरिन्छ।
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
