नेपाल हेल्थ न्युज, काठमाडौँ । काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा चैत १२ गतेबाट स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सुरु गरेको थियो। चैत १८ गतेसम्मको परीक्षणको नतिजामा ४८ महिलामा एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) डीएनए पोजेटिभ देखिएको छ।
महानगरले चैत २५ गतेसम्म ८४६ जना महिलाहरूको नाम दर्ता गरिएको जानकारी दिएको छ। तीमध्ये ६१३ जनाको क्यान्सर परीक्षण भइसकेको छ।
परीक्षण गरिएका महिलामध्ये १४४ जनाको मेमोग्राम गरिएको छ, जसमा वंशानुगत स्तन क्यान्सर भएका, अघिल्लो परीक्षणमा पोजेटिभ देखिएका तर हाल मात्र सम्पर्कमा आएका तथा नयाँ परीक्षणमा थप जाँच आवश्यक देखिएका महिलाहरू समावेश छन्।
परीक्षण गरिएका महिलामध्ये २२ जनामा स्त्री तथा प्रसूति सम्बन्धी समस्या पहिचान भएको छ, र २०८२ वैशाख १२ गतेसम्म प्रारम्भिक उपचार प्रदान गरिनेछ।
महानगरपालिकाले यस अभियानको दोस्रो संस्करण सञ्चालन गरेको हो। पहिलो संस्करण २०८१ वैशाख ३ गते सुरु भई विभिन्न वडाहरूमा महिना भरि सञ्चालन गरिएको थियो।
त्यस बेला ८ हजार १४५ महिलाहरूले क्यान्सर जाँच गराएका थिए, जसमा ६ हजार ६२४ जनाको एचपीभी डीएनए परीक्षण गरिएको थियो। पहिलो संस्करणको परीक्षणमा ४५३ जनामा एचपीभी पोजेटिभ पहिचान भएको महानगरले जानकारी दिएको छ।
सरकारमा थपिए दुई मन्त्री, गौरी र रामजी मन्त्री बन्दै
शुक्रबार, चैत २७, २०८२
स्वास्थ्य व्यवसायी परिषद अध्यक्षको कार्यकक्षमा डेन्टल हाइजेनिस्टद्वारा तालाबन्दी
शुक्रबार, चैत २७, २०८२
मेडिकल कलेजहरुलाई तीन साता भित्र विद्यार्थी भर्ना वापतको रकम बुझाउन निर्देशन
शुक्रबार, चैत २७, २०८२
नर्स जीता बरालको लाइसेन्स पुनः बहाल, लामो संघर्षपछि न्याय
शुक्रबार, चैत २७, २०८२
