नेपाल हेल्थ न्युज, धनकुटा । सरकारले चासो नदिँदा प्रभावकारी भएपनि होमिओप्याथिक सेवालाई विस्तार गर्न समस्या भएको अखिल नेपाल होमिओप्याथिक एसोसिएसनले बताएको छ ।
एसोसिएसनको ७५ औँ साधारणसभा तथा ११ औँ महाधिवेशनको तयारीको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा होमिओप्याथिक सञ्चालकहरूले बताएका हुन।
एसोसिएसनको शनिबार धनकुटामा हुने केन्द्रिय महाधिवेशनको तयारी पुरा भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । महाधिवेशनमा सातै प्रदेशबाट २ सय जना सहभागी हुने संस्थाका अध्यक्ष डा. खगेन्द्र कटुवालले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार बागमती प्रदेशमा स्थायी प्रकृतिको दरबन्दी सिर्जना भई सेवा सुचारु रहेको, मधेश प्रदेशका सबै जिल्लाहरूमा होमिओप्याथिक चिकित्सकहरूले सेवा प्रदान गरिरहेका छन्। त्यसैगरी कोशी प्रदेशमा १४ वटै जिल्लामा सेवा विस्तार गरिएको र सुदूरपश्चिम प्रदेशमा पनि होमिओप्याथिक चिकित्सा सेवा शुरु भएको छ । संस्थाले सरकारी होमिओप्याथिक संघ संस्थाहरूसँग हातेमालो गर्दै नेपाली जनताको जनस्वास्थ्य प्रवद्र्धनमा निरन्तर कार्य गरिरहेको पनि जनाएको छ ।
ईनर ह्विल डिस्ट्रिक्ट ३५० को अध्यक्षमा डा. सृष्टि श्रेष्ठ प्रजापति चयन
शनिबार, असार १३, २०८३
नगरप्रमुखद्वारा चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै चिकित्सक संघको आपत्ति
शुक्रबार, असार १२, २०८३
रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने
शुक्रबार, असार १२, २०८३
डेङ्गी नियन्त्रण अभियानमा तालिम प्राप्त १६ सय ५० जनशक्ति परिचालन गर्दै काठमाडौँ महानगरपालिका
शुक्रबार, असार १२, २०८३
