नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल सरकारले वैशाख महिनालाई खोप महिना घोषण गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले वैशाख महिनालाई खोप महिनाको रुपमा मनाउने घोषण गरेको हो ।
सरकारले विभिन्न रोगको सङ्क्रमणबाट बचाउन बच्चा जन्मेदेखि १५ महिनासम्मका राष्ट्रिय खोप तालिका बनाएर खोप दिँदै आएको छ । बच्चा जन्मेदेखि १५ महिनासम्म सात पटक गरी १३ वटा रोगविरुद्धको खोप दिँदै आएको छ ।
जन्मेदेखि १५ महिना उमेरका बालबालिकालाई नियमित खोपमा दिनुपर्ने कुनै खोप छुटेको भए लगाउन बालरोग विशेषज्ञ डा.कल्पना उपाध्याय सुबेदीले अनुरोध गर्नुभएको छ ।
जबसम्म सबै बालबालिकाले खोप लगाउँदैनन् तबसम्म कोही पनि बालबाकिला सुरक्षित नहुने हुँदा छरछिमेकीमा खोप लगाउन छुटेका बालबालिका खोप लगाउन समन्वय गरिदिन उहाँले सबैलाई आग्रह गर्नुभयो ।
१५ महिनाभित्र दिनुपर्ने खोप
डा.सुबेदीका अनुसार बच्चा जन्मने वित्तिकै क्षयरोगविरुद्धको बिसिजी खोप दिने गरिन्छ । सरकारले जन्मेको ६, १० र १४ हप्तामा रोटा भाइरसबाट हुने झाडापखाला, पोलियो, निमोनिया ९न्यूमोकोकल रोग० भ्यागुते रोग, लहरे खोकी, धनुुष्टकार, हेपाटाइटिस बी हेमोफिलस इन्फ्युन्जाबीविरुद्धका रोटा, पोलियो, पिसिभी, डिपिटी खोप, हेप बी हिब खोप लगाउँदै आएको छ ।
नौ महिनामा पोलियो, दादुरा रुबेला निमोनिया ९न्युमोकोकल० रोगविरुद्ध एफ आई पि भी, पिसिभी, दादुरा रुबेलाविरुद्धको खोप लगाइन्छ ।
१२ महिनामा जापाजि इन्सेफलाइटिसविरुद्धको खोप लगाइन्छ । १५ महिनामा दादुरा, रुबेला टाइफाइडविरुद्धको खोप लगाइन्छ ।
यो आर्थिक वर्षदेखि सरकारले कक्षा ५ का छात्रा र विद्यालय नजाने १० वर्षका किशोरीलाई लक्षित गदै पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप समावेश गरेको छ ।
डा. गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना
सोमबार, कात्तिक १६, २०८३
राष्ट्रिय सूक्ष्म पोषक तत्त्व सर्वेक्षण हुँदै
सोमबार, कात्तिक १६, २०८३
स्वास्थ्यमा समस्या बढेपछि डा. केसीलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदै
सोमबार, कात्तिक १६, २०८३
पर्वत अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट
आइतबार, कात्तिक १५, २०८३
