नेभिगेशन

सिमुलेसन ल्याब र बर्थिङ युनिट बिस्तारको स्वास्थ्य मन्त्री पौडेलद्वारा उद्घाटन 

नेपाल हेल्थ न्युज, काठमाडौं । कामठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले सिमुलेसन ल्याब सञ्चालनमा ल्याएको छ।

मातृ तथा नवजात शिशुको उपचार तथा स्याहारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले  अस्पतालको कुपण्डोलस्थित भवनमा सञ्चालनमा ल्याएको हो । अस्पतालद्धारा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सोमबार उद्घाटन गर्नुभयो । 

सो  ल्याब अस्पताल  र  युएसएडमार्फत् अमेरिकी च्यारिटी वन हार्ट वर्ल्डवाइडको संयुक्त लगानीमा निर्माण गरिएकोजनाइएको छ ।  यसले स्तरीय तालिम प्रदान गर्न सहज हुने  अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले बताउनुभयो । 

बर्थिङ सेन्टरको क्षमता विस्तार
अस्पतालको पुरानो भवनमा विस्तारित बर्थिङ युनिटको समेत मन्त्री पौडेलले उद्घाटन गर्नुभका यसअघि अस्पतालमा ८ जनाको क्षमता रहेकामा अब सेन्टरको क्षमता १२ पुगेको छ  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ