नेभिगेशन

बाँकेमा मोबाइल एप प्रयोग गरेर घर-घरमा स्वास्थ्य विवरण संकलन सुरू

नेपाल हेल्थ न्युज, बाँके । लुम्बिनी प्रदेशका तीन जिल्ला—बाँके, पाल्पा र अर्घाखाँचीमा महिलाहरू, बालबालिका र किशोरीहरूको स्वास्थ्य तथा पोषण सुधार गर्ने उद्देश्यले मोबाइलमार्फत पारिवारिक स्वास्थ्य विवरण संकलनको काम सुरु भएको छ।

बाँकेमा बुधबारदेखि १६२ जना तालिम प्राप्त स्वास्थ्यकर्मी ८१ वटै वडामा घरघरमा खटिएका छन्। उनीहरूले आगामी ४० दिनभित्र १ लाख २९ हजार ३ सय ७ घरधुरीमा पुगेर विवरण संकलन गर्नेछन्। यो विवरण सन् २०७८ को जनगणनाको तथ्याङ्कमा आधारित छ।

स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठका अनुसार, यो अभियान अन्तर्गत गर्भवती महिला, नवजात शिशु, खोपबाट वञ्चित बालबालिका र पोषणमा समस्या भएका व्यक्तिहरूको निगरानी गरिनेछ।

लुम्बिनी प्रदेशमा महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य अवस्था देशभरमै कमजोर छ। बाँकेमा मात्रै १४ गर्भवती महिलाले गर्भ जाँच नगर्ने र २७ ले सुत्केरीपछिको जाँच नगर्ने गरेका छन्। यिनै समस्याहरू हटाउन यो अभियानले ठूलो भूमिका खेल्ने विश्वास गरिएको छ। स्वास्थ्य सेवा नियमित बनाउन र मातृ तथा बाल मृत्युदर घटाउन यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट