नेपाल हेल्थ न्युज, बाँके । लुम्बिनी प्रदेशका तीन जिल्ला—बाँके, पाल्पा र अर्घाखाँचीमा महिलाहरू, बालबालिका र किशोरीहरूको स्वास्थ्य तथा पोषण सुधार गर्ने उद्देश्यले मोबाइलमार्फत पारिवारिक स्वास्थ्य विवरण संकलनको काम सुरु भएको छ।
बाँकेमा बुधबारदेखि १६२ जना तालिम प्राप्त स्वास्थ्यकर्मी ८१ वटै वडामा घरघरमा खटिएका छन्। उनीहरूले आगामी ४० दिनभित्र १ लाख २९ हजार ३ सय ७ घरधुरीमा पुगेर विवरण संकलन गर्नेछन्। यो विवरण सन् २०७८ को जनगणनाको तथ्याङ्कमा आधारित छ।
स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठका अनुसार, यो अभियान अन्तर्गत गर्भवती महिला, नवजात शिशु, खोपबाट वञ्चित बालबालिका र पोषणमा समस्या भएका व्यक्तिहरूको निगरानी गरिनेछ।
लुम्बिनी प्रदेशमा महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य अवस्था देशभरमै कमजोर छ। बाँकेमा मात्रै १४ गर्भवती महिलाले गर्भ जाँच नगर्ने र २७ ले सुत्केरीपछिको जाँच नगर्ने गरेका छन्। यिनै समस्याहरू हटाउन यो अभियानले ठूलो भूमिका खेल्ने विश्वास गरिएको छ। स्वास्थ्य सेवा नियमित बनाउन र मातृ तथा बाल मृत्युदर घटाउन यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ।
ईनर ह्विल डिस्ट्रिक्ट ३५० को अध्यक्षमा डा. सृष्टि श्रेष्ठ प्रजापति चयन
शनिबार, असार १३, २०८३
नगरप्रमुखद्वारा चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै चिकित्सक संघको आपत्ति
शुक्रबार, असार १२, २०८३
रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने
शुक्रबार, असार १२, २०८३
डेङ्गी नियन्त्रण अभियानमा तालिम प्राप्त १६ सय ५० जनशक्ति परिचालन गर्दै काठमाडौँ महानगरपालिका
शुक्रबार, असार १२, २०८३
