नेपाल हेल्थ न्युज काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य युएईका अधिकारीसँग स्वास्थ्यका लागि सघाउन आग्रह गर्नुभएको छ।
अबुधाबीमा त्यहाँका स्वास्थ्य विभाग अध्यक्ष मन्सुर इब्राहिम अल मन्सुरीसँगको शिष्टाचार भेटका क्रममा मन्त्री पौडेलले श्रमिकको स्वास्थ्यका लागि सहयोगको अपेक्षा गरेको बताउनुभयो। उहाँले श्रमिकको स्वास्थ्य रक्षाका लागि सरकारले चालेको कदममा युएई सरकारबाट सहयोगको अपेक्षासमेत गर्नुभएको छ।
मन्त्री पौडेलले नेपालले स्वास्थ्य क्षेत्रलाई डिजिटल प्रविधिमार्फत अगाडि बढाउन चाहेको र सर्वव्यापी स्वास्थ्य पहुँच अन्तर्गत स्वास्थ्य बीमा प्रणाली लागु गर्न चाहेको भन्दै नेपालमा मिर्गौला डायलासिस केन्द्रको स्तरोन्नति र विस्तार तथा अङ्ग प्रत्यारोपणका लागि सहयोग गर्न समेत आग्रह गर्नुभयो।
युएईका स्वास्थ्य विभाग अध्यक्षले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्न तत्पर रहेको र दुई देशबिच सम्झौता गरी आपसी सहयोग र सहकार्य गर्नु आवश्यक रहेको बताउनुभयो।
उहाँले युएईमा रहेका नेपाली श्रमिकको प्रशंसा गर्दै नेपालसँगको सम्बन्धलाई अझ मैत्रीपूर्ण र प्रगाढ बनाउन युएई नेपालको स्वास्थ्य क्षेत्रमा लगानी गर्न तयार भएको तर यसका लागि नेपाल सरकारबाट उपयुक्त वातावरण र कानुनी आधार तयार हुनु आवश्यक रहेको बताउनुभयो।
भेटमा नेपाली राजदूत तेजबहादुर क्षेत्रीसमेत सहभागी हुनुहुन्थ्यो। मन्त्री पौडेल आइतबार आयोजना हुने नेपाल फेस्टिभलमा प्रमुख अतिथिका रूपमा सहभागी हुने दूतावासले जनाएको छ।
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
