नेपाल हेल्थ न्युज, काठमाडौं। एघार नेपाली औषधि उद्योगले आर्थिक वर्ष २०८०/८१ मा एक सय करोड भन्दा बढीको औषधि बिक्री गरेका छन्। औषधि उत्पादक संघ नेपालले विभिन्न औषधि उधोगहरुले आर्थिक वर्ष २०८०/८१ मा गरेको बिक्री डाटालाई सार्वजनिक गर्दे यस्तो जानकारी दिएको हो। ती मध्ये ५ औषधि उद्योगको कारोबार २ सय ५० करोड भन्दा बढी रहेको छ ।
आर्थिक वर्ष २०८०/८१ को बिक्री डाटा सार्वजनिक गर्न आयोजित कार्यक्रममा नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष तथा उधोग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले नेपाली औषधि उद्योगले एक वर्षमा ३५.२ अर्बको सेल्स गर्न सकेको बताए ।
एपोनका उपाध्यक्ष सन्तोष बरालले २०८०/८१ मा नेपाली उधोगहरुले अघिल्लो आ.ब. भन्दा २० प्रतिशतले ग्रोथ गरेका जसमा नयाँ उधोगको सहभागिता राम्रो रहेको बताए। उनले यस आर्थिक वर्षमा नयाँ औषधि उद्योगको सेल्सग्रोथ १७ प्रतिशत र पुराना उधोगको सेल्सग्रोथ ९ प्रतिशत को हाराहारीमा रहेको समेत जानकारी दिए। यो तथ्यांक एपोनका सदस्य रहेका ७६ उद्योग तथा बजारीकरण गरिरहेका ६७ औषधि उधोगको विवरण हो।
आर्थिक वर्ष २०७९/८० मा २९.३६ अर्बको सेल्स गरेकोमा यो आर्थिक वर्ष २०८०/८१ मा ३५.२ अर्बको बिक्री हुँदा १९.८९ प्रतिशतको सेल्सग्रोथ भएको हो।
६७ औषधि उधोगको सबैभन्दा कम ६ करोडको कारोवार गर्ने देखि ३ सय ५० करोड सम्मको गरेका छन्।
करिव ७० प्रतिशत अर्थात ४५ औषधि उद्योगको कारोवार १५ करोड भन्दा कम छ।
एफएनसीसीआई कार्यकारिणीमा एपोन अध्यक्ष विप्लव अधिकारीको उम्मेदवारी घोषणा
बुधबार, चैत ११, २०८२
खुद्रा औषधि व्यवसायीलाई क्षयरोग नियन्त्रणमा साझेदार बनाउन आग्रह
मंगलबार, चैत १०, २०८२
नेपालमै क्यान्सर औषधि—स्वदेशी सम्भावनाको कथा
बुधबार, चैत ४, २०८२
‘नेपाल फर्मा एक्स्पो २०२६’ मा १२ हजारभन्दा बढीको अवलोकन
आइतबार, चैत १, २०८२

