नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा पछिल्ला वर्ष औषधिको व्यापारमा वृद्धि भएको छ । नेपाल औषधि उत्पादक संघ(एपोन)ले सार्वजनिक गरेको सेल्डडाटा अनुसार अघिल्लो आर्थिक वर्षमा औषधिको विक्री २० प्रतिशत बढेको देखिएको छ ।
एपोनले शुक्रबार आर्थिक वर्ष २०८०/२०८१ को सेल्ड डाटा सार्वजनिक गरेको थियो । जसनुसार उक्त आर्थिक वर्षमा मा ३५.२ अर्बको औषधि उद्योगहरूले विक्री गरेका छन् ।
यो विक्री एपोनको सदस्य रहेका ७६ मध्ये ६७ औषधि उद्योग रहेको एपोनका उपाध्यक्ष सन्तोष बरालले जानकारी दिए । ११ उद्योग भने यो अवधिमा औषधिको कारोबार गरेका छैनन् ।
बरालका अनुसार आर्थिक वर्ष २०७९/२०८० मा २९/३६ अर्बको औषधि विक्री भएको थियो । दुई आर्थिक वर्षको तुलना गर्दा आर्थिक वर्ष २०८०/२०८१ को विक्रीमा १९.८९ प्रतिशत ग्रोथ देखिएको हो।
पछिल्ला ३० महिनामा नेपालमा कुनै नयाँ औषधि कम्पनी स्थापना नभएको उपाध्यक्ष बरालले बताउनुभयो । पुराना र नयाँ कम्पनीको ग्रोथमा भने धेरै भिन्नता रहेको एपोनले सार्वजनिक गरेको तथ्यांकमा देखिएको छ । २० प्रतिशत ग्रोथमा नयाँ कम्पनीको ग्रोथ १७ प्रतिशत र पुराना कम्पनीको ग्रोथ ३ प्रतिशत रहेको बरालले जानकारी दिनुभयो।
सार्वजनिक गरिएको आँकडाअनुसार नेपाली औषधि उद्योगको सेल्स कम्तिमा ६ करोडदेखि धेरैमा ३५० करोडसम्म रहेको छ । ४५ उद्योगले १५ करोड भन्दा कमको औषधि विक्री गरेका छन् भने । ६ उद्योगले १०० करोड भन्दा बढी विक्री गर्दा २५० करोड भन्दा बढी औषधि विक्री गर्ने उद्योग ५ रहेका छन् ।
एपोनले हरेक वर्षको औषधि सेल्सको तथ्यांक सार्वजनिक गर्ने गरेको छ । नेपाली उद्योगका औषधि नेपालबाहेक विभिन्न एसियाली, अफ्रिकी र दक्षिण अमेरिकी देशमा समेत जाने उपाध्यक्ष बरालले बताउनुभयो । अनलाइन खबर
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
