नेपाल हेल्थ न्युज, काठमाडौं। देशका चार मेडिकल प्रतिष्ठानमा रिक्त रहेकाउपकुलपति पदको जिम्मेवारी अस्थायी रूपमा रेक्टर र डिनहरूलाई दिइएको छ। प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले वैशाख ४ गते उहाँहरूलाई सो जिम्मेवारी दिनुभएको हो ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा.सञ्जीव शर्मा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. पवन शर्मा, र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा.डबलबहादुर धामीलाई उपकुलपतिको जिम्मेवारी दिइएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेक्टर नभएकाले डिन प्रा.डा. श्रीकृष्ण श्रेष्ठले यो जिम्मेवारी दिइएको छ ।
उहाँहरूले आइतबार नियुक्तिको पत्र पाउनुभएको छ । पत्रमा उपकुलपति नियुक्त नभएसम्म शैक्षिक, प्रशासनिक र आर्थिक कामहरू सञ्चालन गर्न अस्थायी उपकुलपतिको जिम्मेवारी दिइएको उल्लेख छ।
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

