नेपाल हेल्थ न्युज, काठमाडौँ – स्वास्थ्य सेवामा संलग्न विभिन्न ट्रेड युनियनहरूले स्वास्थ्य सेवा क्षेत्रका लागि छुट्टै ऐन तत्काल जारी गर्न माग गरेका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले स्वास्थ्य सेवा क्षेत्रको विशेष प्रकृति र सङ्घीयताको कार्यान्वयनलाई प्रभावकारी बनाउन छुट्टै ऐन आवश्यक रहेको बताएका छन्।
राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घका अध्यक्ष डा.झलक गौतमले नेपाल सरकारले हालसम्म औपचारिक रूपमा स्वास्थ्य सेवा ऐनको निर्माण प्रक्रिया समेत सुरु नगरेको भन्दै सरोकारवालाको सहभागितामा तुरुन्त नयाँ ऐन ल्याउनुपर्ने बताउनुभयो ।
उक्त ध्यानाकर्षणपत्रमा निजामती कर्मचारी ट्रेड युनियनहरूको स्वास्थ्य सेवालाई निजामती सेवामा समावेश गर्नुपर्ने मागप्रति गम्भीर आपत्ति जनाइएको छ। निजामती ट्रेड युनियनहरूको ‘हैकमवादी’ र ‘निरङ्कुश’ प्रवृत्तिप्रति पनि आरोप लगाउँदै स्वास्थ्यकर्मी ट्रेड युनियनहरूले सौदाबाजी गर्ने आफ्नो अधिकारमाथि प्रश्न उठेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठनका अध्यक्ष लीलाराम थापाले स्वास्थ्य सेवालाई गुणस्तरीय, सर्वसुलभ र जनमुखी बनाइ जनताको मौलिक हकका रूपमा स्थापित गर्न छुट्टै ऐन आवश्यक रहेको बताउनुभयो ।
स्वास्थ्य सेवा ऐनको मागसहित नेपाल स्वास्थ्यकर्मी सङ्घ, एकीकृत स्वास्थ्यकर्मी सङ्गठन, नेपाल स्वास्थ्यकर्मी युनियन, मधेशी स्वास्थ्यकर्मी फोरम लगायत संगठनहरूको संयुक्त हस्ताक्षरयुक्त ज्ञापनपत्र नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र नेकपा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेलाई बुझाइएको छ।
उनीहरूले ऐन तुरुन्त जारी नगरे आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन्।
ईनर ह्विल डिस्ट्रिक्ट ३५० को अध्यक्षमा डा. सृष्टि श्रेष्ठ प्रजापति चयन
शनिबार, असार १३, २०८३
नगरप्रमुखद्वारा चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै चिकित्सक संघको आपत्ति
शुक्रबार, असार १२, २०८३
रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने
शुक्रबार, असार १२, २०८३
डेङ्गी नियन्त्रण अभियानमा तालिम प्राप्त १६ सय ५० जनशक्ति परिचालन गर्दै काठमाडौँ महानगरपालिका
शुक्रबार, असार १२, २०८३
