नेपाल हेल्थ न्युज,काठमाडौं । चिकित्सा शिक्षा सम्बन्धी नीतिगत निर्णयहरू लिन गठित चिकित्सा शिक्षा आयोगको १९औँ बैठक आज बिहान सिंहदरबारमा बस्न लागेको छ। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बिहान ११ बजे तय गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यो बैठकलाई विशेष रूपमा हेरिएको छ, किनभने हालै निजी मेडिकल कलेजमा अध्ययनरत स्नातकोत्तर (पीजी) विद्यार्थीहरूले आफूहरूलाई सरकारले दिने जस्तै निर्वाह भत्ता माग गर्दै आन्दोलन चर्काएका छन्। भत्ता नपाएको विरोधमा देशभरका सरकारी अस्पतालहरूले आकस्मिकबाहेकका सेवा बन्द गरेका छन्।
नेपाल चिकित्सक संघ र विद्यार्थी पक्षले आयोगको १८औँ बैठकले गरेको निर्णय– निजी मेडिकल कलेजमा अध्ययनरत पीजी विद्यार्थीलाई मासिक ४८,७३७ रुपैयाँ बराबरको भत्ता दिनु पर्ने — तत्काल लागू गर्न माग गरिरहेका छन्। तर निजी मेडिकल र डेन्टल कलेजहरू स्रोत सुनिश्चित नभएसम्म भत्ता दिन नसकिने अडानमा छन्।
यही सन्दर्भमा, ३ बैशाखमा बसेको अघिल्लो बैठकले एमबीबीएस र बीडीएसको सिट संख्या तथा शुल्क संरचना पुनरावलोकन गर्न ११ सदस्यीय कार्यदल बनाएको थियो। डा. दीपक काफ्लेको संयोजकत्वमा बनेको कार्यदलले आजकै बैठकमा प्रतिवेदन बुझाउने तयारी गरेको छ।
कार्यदलमा स्वास्थ्य मन्त्रालय, त्रिभुवन तथा काठमाडौँ विश्वविद्यालय, विशेषज्ञ चिकित्सकहरू, र निजी मेडिकल कलेजका प्रतिनिधिहरू सहभागी छन्।
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
