नेपाल हेल्थ न्युज, ओखलढुङ्गा जिल्लाको रुम्जाटारस्थित एक निजी मेडिकल हलमा नेपाल सरकारबाट निःशुल्क वितरण हुने औषधी बेचिएको पाइएपछि जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गा र औषधी व्यवस्था विभाग विराटनगरको संयुक्त टोलीले उक्त मेडिकल सिल गरेको छ।
स्वास्थ्य कार्यालय ओखलढुङ्गाका प्रमुख अहमद मन्सुरीकै स्वामित्वमा रहेको पदमा मेडिकल हलमा सरकारी औषधी विक्रीका लागि राखिएको भेटिएपछि उक्त कारबाही गरिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी गोमा देवी ढकालका अनुसार, अनुगमन टोलीले सिद्धिचरण नगरपालिका–४ मा रहेको मेडिकलमा निःशुल्क औषधी भण्डारण गरिएको प्रमाणसहित भेटेपछि मेडिकललाई तत्कालै सिल गरिएको हो।
स्थानीयवासीहरूले प्रमुख मन्सुरीमाथि सरकारी औषधी आफ्नै निजी मेडिकलमार्फत बेच्ने गरेको आशंका व्यक्त गरेका छन्। यद्यपि यस विषयमा मन्सुरीले अनुगमनबारे जानकारी नभएको प्रतिक्रिया दिएका छन्। यसअघि पनि उनीमाथि सरकारी स्वास्थ्य सामग्रीको दुरुपयोगको आरोप लागिसकेको छ।
त्यसैगरी, सिद्धिचरण नगरपालिका–१२ मा रहेको श्रेष्ठ मेडिकलमा समेत अवैध लागु औषध फेला परेको छ। सोही संयुक्त अनुगमन टोलीले श्रेष्ठ मेडिकलमा चिकित्सकको सिफारिसबिना औषधी विक्री, पशु औषधी र विषादी बिना इजाजत बिक्री गरेको पाइएपछि उक्त मेडिकल पनि सिल गरिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार, यसअघि पनि श्रेष्ठ मेडिकलमा अवैध गतिविधिका कारण कारबाही गरिएको थियो। हाल फेला परेका घटनाबारे कानुनी प्रक्रिया अघि बढाइने र सम्बन्धित व्यक्तिहरूलाई कानुन बमोजिम कारबाही गरिने उहाँले स्पष्ट पार्नुभयो।
कोशीबाट उपाध्यक्षमा पूर्व महानिर्देशक डा. टंकप्रसाद बाराकोटीको उम्मेदवारी घोषणा
आइतबार, मंसिर २८, २०८२
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करार नियुक्तिका लागि दरखास्त आह्वान
शुक्रबार, मंसिर २६, २०८२
नर्सका माग सम्बोधन गर्न तयार: कार्यदलको प्रतिवेदन आइतबार बुझाउने तयारी
शुक्रबार, मंसिर २६, २०८२
स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सहकार्यको आह्वान
शुक्रबार, मंसिर २६, २०८२
