नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकार आँखा स्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै योजनाबद्ध रूपमा अगाडि बढिरहेको बताउनुभएको छ। बुधबार आयोजित इन साइट लाइभ २०३० अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले आँखा उपचार र सुरक्षामा समावेशी र प्रभावकारी नीति अवलम्बन भइरहेको जानकारी दिनुभयो।
उहाँका अनुसार राष्ट्रिय स्वास्थ्य प्रणालीमा आँखा स्वास्थ्यलाई एकीकृत गर्दै विद्यालय, कार्यस्थल तथा समुदायमा साझेदारीको आधारमा सेवा विस्तार गरिँदैछ। मन्त्री पौडेलले २०२२ मा अन्धोपनको दर ०.८४५ प्रतिशतबाट घटेर ०.२८५ मा झरेको तथ्यांक प्रस्तुत गर्दै यो सुधारको मुख्य श्रेय नीति र कार्यक्रमलाई दिनुभयो।
त्यस्तै, मोतियाबिन्दुको शल्यक्रियामा पहुँच वृद्धि भएको र २०३० सम्ममा सेवा कभरेज ६५.४५ प्रतिशत पुर्याउने लक्ष्य रहेको पनि उहाँले उल्लेख गर्नुभयो। उहाँले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम र सार्वजनिक–निजी साझेदारीमार्फत देशव्यापी सेवा विस्तारको प्रयास भइरहेको बताउनुभयो।
मन्त्री पौडेलले नेपालले २०२६ मा हुने आँखा स्वास्थ्यसम्बन्धी विश्व सम्मेलनमा सक्रिय समर्थन जनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। सबै नागरिकले आँखा हेरचाहको सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यसहित नीति निर्माण र कार्यान्वयन भइरहेका छन्, उहाँले यसै अन्तर्राष्ट्रिय सम्मेलन कार्यक्रम मार्पmत जानकारी दिनुभयो।
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
