नेपाल हेल्थ न्युज, चितवन । मानसिक स्वास्थ्यमा समुदायको भूमिकालाई सशक्त बनाउने उद्देश्यले चितवनमा आजदेखि दोस्रो अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन सुरु भएको छ। तीन दिनसम्म चल्ने यो सम्मेलन नेपाल इन्स्टिच्युट अफ मेण्टल हेल्थको आयोजनामा भइरहेको हो।
सम्मेलनका संयोजक तथा हार्वर्ड मेडिकल स्कूलका सहप्राध्यापक डा. श्रीधर पौडेलका अनुसार, "समुदायका लागि, समुदायसँग: मानसिक स्वास्थ्यमा निरन्तर सहकार्य" भन्ने मूल नारासहित सम्मेलन अगाडि बढाइएको हो। डा. पौडेलले ग्रामीण क्षेत्रमा समेत मानसिक स्वास्थ्यसेवाको पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै यस्तो सम्मेलन गाउँमै आयोजना गर्नुको महत्व औँल्याउनुभयो।
चितवन मेडिकल कलेज, नेपाल इन्ष्टिच्युट अफ मेन्टल हेल्थ, हेल्थ फाउण्डेसन नेपाल, युएस, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका स्वदेशी र केही विदेशी संस्थासमेतको सहकार्यमा सम्मेलन सुरु भएको हो ।
यसपटकको सम्मेलनमा नेपालसहित विभिन्न देशका १४ संस्थाहरू आयोजक तथा साझेदारका रूपमा सहभागी छन्। सम्मेलनमा एक सयभन्दा बढी कार्यपत्र तथा अनुसन्धान प्रस्तुत गरिनेछ, जसमा मानसिक स्वास्थ्यसँग सम्बन्धित विविध आयामहरू समेटिनेछन्।
कार्यक्रमको अन्त्यमा मानसिक स्वास्थ्यसम्बन्धी महत्वपूर्ण घोषणापत्र समेत सार्वजनिक गरिनेछ। यसअघि पहिलो संस्करणको सम्मेलन जुम्लामा सम्पन्न भएको थियो।
१५ बुँदे मागसहित सत्याग्रहमा बसेकी नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था विग्रदै, सरकार मौन
शुक्रबार, साउन १५, २०८३
गर्मीमा सातु खानु किन उत्तम मानिन्छ ?
शुक्रबार, साउन १५, २०८३
यस्तो छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकाे नयाँ संगठन संरचना : १२औँ तहका पद हट्ने
शुक्रबार, साउन १५, २०८३

