नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चिकित्सकहरू ठूलो संख्यामा विदेशिने प्रवृत्तिलाई गम्भीर समस्या भन्दै यसप्रति सम्बद्ध निकायले तुरुन्त ध्यान दिनु आवश्यक रहेको बताउनुभएको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को २३औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपतिले देशभित्रै स्वास्थ्य सेवा प्रणालीमा क्रमिक सुधार भइरहे पनि दक्ष जनशक्तिलाई समुचित अवसर नपाएको गुनासो बढ्दै गएको बताउनुभयो।
उहाँको भनाइमा, नेपालमै गुणस्तरीय उपचार सेवा उपलब्ध हुन थालेको अनुभव स्वयं मैले गरेको छु। तर, सम्पूर्ण स्वास्थ्यकर्मीले यथोचित अवसर नपाएकै कारण विदेशिने लहर बढ्दो छ, जुन गम्भीर विषय हो।
राष्ट्रपतिले संवैधानिक अधिकारका रूपमा नेपाली नागरिकलाई स्वास्थ्य र शिक्षामा पहुँच सुनिश्चित गरिएको स्मरण गराउँदै यस क्षेत्रमा गुणस्तर अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउँनुभयो।
उहाँले पछिल्लो समय मुलुकभित्रै दक्ष चिकित्सक उत्पादन हुनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै स्वास्थ्य र शिक्षामा हासिल उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो। साथै, स्वास्थ्यकर्मीको पलायन रोक्न दीर्घकालीन नीति र व्यावहारिक उपाय अपनाउन आग्रह समेत गर्नुभयो ।
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

