नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलद्वारा घोषणा गरिएका हेमोफिलिया रोगका बिरामीहरूलाई निःशुल्क औषधि वितरणको तयारी पुरा भएको छ। वंशाणुगत रूपमा रगत नजम्ने यो रोगको उपचारका लागि आवश्यक पाँच प्रकारका औषधिहरू नेपाल भित्रिएका छन्।
यो कार्यक्रम विश्व हेमोफिलिया महासङ्घ र नेपाल सरकारको स्वास्थ्य मन्त्रालयबीच फागुन ४ गते भएको सम्झौता अनुरूप अघि बढाइएको हो। सम्झौतापछि औषधिहरू स्वास्थ्य सेवा विभागमा आइपुगेको र छिट्टै वितरण प्रक्रिया आरम्भ हुने व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजङ्ग रायमाझीले जानकारी दिनुभयो।
पाँच प्रकारका औषधिहरू आएका छन्, डा. रायमाझीले भन्नुभयो, आवश्यकता मूल्याङ्कन गरी वितरण सूची तयार पारिनेछ र ती औषधिहरू सम्बन्धित अस्पतालमा पठाइनेछन्।
औषधि वितरण त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल तथा सिभिल अस्पतालबाट सुरु गरिनेछ। साथै, सातै प्रदेशका थप १० प्रादेशिक अस्पतालहरूमा पनि औषधि उपलब्ध हुने व्यवस्था गरिएको छ।
सरकारी अस्पतालमार्फत हेमोफिलिया उपचारको सुविधा दिनु पर्ने निर्णय स्वास्थ्य मन्त्री पौडेलले माघ १० गते गर्नुभएको थियो। यो रोगको उपचार अत्यन्त खर्चिलो हुने भएकाले बिरामी तथा सरोकारवालाहरूले सरकारसँग पहल गर्न निरन्तर माग गर्दै आएका थिए।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, पाँच प्रकारका विशेष औषधिहरू प्राप्त भइसकेका छन् र अब ती चरणबद्ध रूपमा वितरण हुनेछन्।
विश्व स्वास्थ्य सङ्गठनका अनुमान अनुसार, नेपालमा करिब पाँच हजारजति हेमोफिलियाका बिरामी अझै पहिचानमा नआएका हुन सक्छन्। २०७८ सालको जनगणनाका तथ्यांकअनुसार, कुल जनसङ्ख्याको २.२ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरूमध्ये करिब ०.८ प्रतिशत हेमोफिलिया प्रभावित हुनसक्ने अनुमान गरिएको छ।
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूचीसहित)
आइतबार, वैशाख २०, २०८३
अध्यादेशपछि १,५९४ पदाधिकारी एकैपटक पदमुक्त, स्वास्थ्य तर्फका को–को परे ?
आइतबार, वैशाख २०, २०८३

