नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा कुष्ठरोग उन्मूलन प्रयासलाई तीव्र पार्नुपर्ने आवाजबीच कुष्टरोग उपचार गर्ने जनशक्तिको अभाव रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। चन्द्रभाल झाले बताउनुभएको छ।
काठमाडौँमा बिहीबारदेखि सुरु भएको ‘कुष्ठरोगको उन्मूलन तथा कुष्ठरोग प्रभावित व्यक्तिमाथि हुने भेदभावविरुद्धको दुई दिने राष्ट्रिय सम्मेलन’को उद्घाटनपछिको पत्रकार सम्मेलनमा बोल्दै डा. झाले दरबन्दी पुरानै ढाँचामा रहेकाले अहिले पनि देशभर पर्याप्त डर्माटोलोजिस्ट (छाला विशेषज्ञ) खटाउन नसकिएको बताउनुभयो।
“दरबन्दी हाम्रो पुरानै छ,” उहाँले भन्नुभयो, “पहिले अञ्चल अस्पतालमा मात्र डर्माटोलोजिस्टको दरबन्दी थियो, अहिले पनि त्यही दरबन्दी कायम छ। स्वास्थ्य मन्त्रालयले केही जनशक्ति पठाएको भए पनि अपर्याप्त नै छ।”
नेपालमा प्रत्येक वर्ष करिब २८६७ नयाँ कुष्ठरोगका बिरामी दर्ता हुने गरेका छन्। हाल देशभर करिब दुई लाख कुष्ठरोगीमध्ये करिब ३० हजार अपाङ्गताको अवस्थामा रहेको अनुमान गरिएको छ।
डा। झाका अनुसार, कुष्ठरोगको पहिचान र समयमै उपचार नहुँदा बिरामी अपाङ्ग हुने खतरा उच्च हुन्छ। सम्मेलनमा कुष्ठरोग प्रभावित व्यक्तिमाथि हुने भेदभाव न्यूनीकरण, मानव अधिकार संरक्षण, र राज्यबाट प्रदान गरिने सेवा(सुविधामा सुधार गर्न आवश्यक नीतिगत र कानुनी पाटोहरूबारे गहन छलफल हुने जनाइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिका सभापति अम्बरबहादुर थापा, पूर्वउपसभामुख पुष्पा भुसाल, डब्लुएचओका प्रतिनिधि डा। राजेश सम्भाजिराओ लगायतका वक्ताले कुष्ठरोग उन्मूलनका लागि राजनीतिक, कानुनी र सामाजिक रूपान्तरण आवश्यक रहेको धारणा राख्नुभयो।
सम्मेलनमा सासाकावा लेप्रोसी इनिसेटिभ, नेपाल कानुन समाज, विश्व स्वास्थ्य संगठन नेपाल, कुष्ठरोग मिसन नेपाललगायतका संस्थाको सहकार्यमा करिब ३०० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहेको छ।
सम्मेलनमा प्रदेश र स्थानीय तहमा भएका असल अभ्यास, चुनौती, भेदभाव न्यूनीकरण, र मानव अधिकारको प्रवर्धनसम्बन्धी छलफल र प्रस्तुती गरिने कार्यक्रम छ।
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूचीसहित)
आइतबार, वैशाख २०, २०८३
अध्यादेशपछि १,५९४ पदाधिकारी एकैपटक पदमुक्त, स्वास्थ्य तर्फका को–को परे ?
आइतबार, वैशाख २०, २०८३

