नेपाल हेल्थ न्युज, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकहरूले जनाउनुभएको छ। उहाँको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गरिएको मुटुको एन्जियोप्लास्टीपछि स्वास्थ्यमा क्रमिक सुधार देखिएको हो।
अस्पतालका निर्देशक डा. रत्नमणि गजुरेलका अनुसार, सफल शल्यक्रियापछि नेता नेपाललाई २४ घण्टासम्म सघन उपचार कक्ष (सिसियु) मा राखिएको छ र अहिले वार्डमा सार्ने तयारी भइरहेको छ। डा. गजुरेलले थप जानकारी दिँदै भन्नुभयो कि अबका ७२ घण्टा नेपाल चिकित्सकीय निगरानीमा रहनुहुनेछ।
उहाँको मुटुको नली पहिलेदेखि नै साँघुरो रहेको र सोही कारणले नियमित परीक्षणपश्चात योजनाबद्ध रूपमा एन्जियोप्लास्टी गरिएको समेत उहाँले बताउनुभयो।
एन्जियोप्लास्टी भन्नाले मुटुको रक्तनलीमा जमेको बोसो वा अरु पदार्थ हटाएर रक्तसञ्चार सहज बनाउने प्रक्रिया हो। भएपछि यस्तो उपचार विधि अपनाइन्छ।
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
