नेपाल हेल्थ न्युज, काठमाडौं । विविध सामाजिक पृष्ठभूमि भएका व्यक्तिहरूको सहभागितामा काठमाडौंमा अटिज्मप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित ‘वाकाथन’ कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रमको आयोजना लेडिज सर्कल नेपाल (एलसीएन) द्वारा गरिएको हो, जुन संस्थाको लिडिङ अवेयरनेस फर अटिज्म प्रोग्राम (एलएएपी) अन्तर्गत सञ्चालन गरिएको हो।
यस अभियानको माध्यमबाट एलसीएनले अटिज्म भएका बालबालिकाहरूको शैक्षिक र सामाजिक विकासका लागि आवश्यक शैक्षिक संरचना र सुरक्षित वातावरण सृजना गर्दै समावेशी समाज निर्माणमा योगदान पुर्याउने लक्ष्य लिएको छ।
कार्यक्रमको दिन बिहानै सहभागीहरू नीलो पोसाकमा सजिएर अटिज्मसम्बन्धी सन्देशहरू लेखिएका ब्यानरसहित उपस्थित भएका थिए। उनीहरूले काठमाडौंका विभिन्न प्रमुख स्थानहरू हुँदै पदयात्रा गर्दै अटिज्म भएका व्यक्तिहरूप्रति स्वीकार्यता, सद्भाव र समर्थनको सन्देश फैलाए।
वाकाथनमार्फत संकलित सहयोग राशि स्पेसल स्कुल फर डिसएबल्ड एन्ड रिह्याबिलिटेसन सेन्टर (एसएसडीआरसी) मा कक्षा कोठा र अन्य संरचना निर्माणमा खर्च गरिनेछ, जसले गर्दा अझ धेरै अटिज्म भएका बालबालिकाहरूलाई सेवा पुर्याउन सकिनेछ।
एलसीएनकी राष्ट्रिय अध्यक्ष ऋषा गाडियाले कार्यक्रममा सहभागी र सहयोग पुर्याउने सबैप्रति धन्यवाद दिँदै भनिन्, “हाम्रो मूल मन्त्र ‘ड्रिम मेनिफेस्ट, सक्सेस्ड’ ले हामीलाई अटिज्म भएका बालबालिकाहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने दिशामा प्रेरित गर्छ। वाकाथनले समावेशी समाज निर्माणको हाम्रो यात्रामा नयाँ उत्साह थपेको छ।”
कार्यक्रमले देखाएको सहभागिता र उत्साहले सबै क्षमता भएका व्यक्तिहरूलाई आत्मसम्मानसहितको जीवन बिताउने वातावरण तयार गर्न सामूहिक प्रयासको महत्व झल्काएको छ।
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूचीसहित)
आइतबार, वैशाख २०, २०८३
अध्यादेशपछि १,५९४ पदाधिकारी एकैपटक पदमुक्त, स्वास्थ्य तर्फका को–को परे ?
आइतबार, वैशाख २०, २०८३

