नेपाल हेल्थ न्युज, गाजाको खान युनिसस्थित एक युरोपेली अस्पतालको परिसरमा सोमबार राति भएको इजरायली हवाई आक्रमणमा कम्तीमा २८ जनाको ज्यान गएको छ भने कैयौँ अन्य घाइते भएका छन्। यो जानकारी हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ताले दिएका हुन्। स्थानीय स्रोतहरूका अनुसार इजरायली लडाकु विमानहरूले अस्पताल क्षेत्र लक्षित गर्दै एकैपटक ६ वटा बम खसालेका थिए।
बम विस्फोट अस्पतालको मुख्य आँगन र वरपरको बासोबास क्षेत्रमा परेका थिए। घटनामा महिलाहरू, बालबालिकासहित दर्जनौँ नागरिक घाइते भएको जनाइएको छ। उनीहरूको स्थानीय स्वास्थ्य केन्द्रहरूमा उपचार भइरहेको छ।
इजरायली सेनाले भने हमासको ‘कमाण्ड एण्ड कन्ट्रोल’ केन्द्र अस्पतालको भूगर्भमा रहेको दाबी गर्दै, लक्ष्यमा ‘सटीक आक्रमण’ गरिएको जनाएको छ।
यसैबीच, आक्रमणको क्रममा गाजाबाट रिपोर्टिङ गरिरहेका बीबीसीका एक स्वतन्त्र पत्रकार पनि घाइते भएका छन्। उनी हाल उपचारपछि स्थिर अवस्थामा रहेको बताइएको छ।
गत वर्ष अक्टोबरमा सुरु भएको इजरायल–हमास युद्धमा गाजामा हालसम्म ५० हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ, विभिन्न मानवअधिकार संस्था र अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्। एजेन्सी
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
