नेपाल हेल्थ न्युज, गाजाको खान युनिसस्थित एक युरोपेली अस्पतालको परिसरमा सोमबार राति भएको इजरायली हवाई आक्रमणमा कम्तीमा २८ जनाको ज्यान गएको छ भने कैयौँ अन्य घाइते भएका छन्। यो जानकारी हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ताले दिएका हुन्। स्थानीय स्रोतहरूका अनुसार इजरायली लडाकु विमानहरूले अस्पताल क्षेत्र लक्षित गर्दै एकैपटक ६ वटा बम खसालेका थिए।
बम विस्फोट अस्पतालको मुख्य आँगन र वरपरको बासोबास क्षेत्रमा परेका थिए। घटनामा महिलाहरू, बालबालिकासहित दर्जनौँ नागरिक घाइते भएको जनाइएको छ। उनीहरूको स्थानीय स्वास्थ्य केन्द्रहरूमा उपचार भइरहेको छ।
इजरायली सेनाले भने हमासको ‘कमाण्ड एण्ड कन्ट्रोल’ केन्द्र अस्पतालको भूगर्भमा रहेको दाबी गर्दै, लक्ष्यमा ‘सटीक आक्रमण’ गरिएको जनाएको छ।
यसैबीच, आक्रमणको क्रममा गाजाबाट रिपोर्टिङ गरिरहेका बीबीसीका एक स्वतन्त्र पत्रकार पनि घाइते भएका छन्। उनी हाल उपचारपछि स्थिर अवस्थामा रहेको बताइएको छ।
गत वर्ष अक्टोबरमा सुरु भएको इजरायल–हमास युद्धमा गाजामा हालसम्म ५० हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ, विभिन्न मानवअधिकार संस्था र अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्। एजेन्सी
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
