नेपाल हेल्थ न्युज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले टेराम्याक्स खरिद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आयोगका अनुसार, बस्नेतले मन्त्रालयको क्षेत्राधिकार नाघेर एकल निर्णय लिएका थिए, जसअनुसार नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीहरूले मिलेमतोमा कानुन विपरीत काम गरेको बताइएको छ।
मुद्दा दायर गरिएकामध्ये नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीका प्रसाद उप्रेती, अध्यक्ष पुरुषोत्तम खनाल, निर्देशक विजय कुमार राय, उपनिर्देशकहरू रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्य प्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र, सुरेन्द्रलाल हाडा, सन्दीप अधिकारी, दिपेश आचार्य, परामर्शदाता जमाल अनौती, एजेन्ट दिलीप कुमार गुरुङ र तेज प्रसाद खरेल छन्।
उनीहरूविरुद्ध राज्यलाई ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार रुपैयाँभन्दा बढी आर्थिक क्षति पुर्याएको अभियोग लगाइएको छ। आयोगको दाबी अनुसार, खरिद प्रक्रियामा अयोग्य प्रस्तावदाताको पक्षमा गलत प्रतिवेदन तयार पारिएको, सर्वोच्च अदालतको आदेश अवज्ञा गरिएको र कानूनी प्रक्रिया नअपनाई सरकारी सम्पत्तिमा क्षति पुर्याइएको हो।
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
