नेपाल हेल्थ न्युज, काठमाडौं । ‘जहाँ परिणामको महत्व हुन्छ’ भन्ने मूल नाराका साथ स्थापित शुक्रा हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टर प्रा.लि. तेस्रो वर्षमा प्रवेश गरेको छ ।
बि.सं. २०८० सालको जेठ ३ गते राजधानीको मुटु पानीपोखरीमा औपचारिक रूपमा सेवा आरम्भ गरेको आईएसओ १५८९ः२०२२ सर्टिफाइड यस संस्थाले छोटो समयमै आफ्ना गुणस्तरीय स्वास्थ्य सेवाका कारण पृथक पहिचान बनाउन सफल भएको छ ।
नेपालमा हाल पनि करिब ६० देखि ७० प्रतिशत ल्याब परीक्षणहरू विदेश पठाउनुपर्ने अवस्थाले बिरामीको उपचारमा ढिलाइ हुनुका साथै आर्थिक बोझ पनि बढिरहेको परिप्रेक्ष्यमा, शुक्रा हाउस अफ डाइग्नोस्टिकले उच्चस्तरीय ल्याब सेवा स्वदेशमै उपलब्ध गराउँदै प्रभावकारी भूमिका निर्वाह गर्दै आएको जनाएको छ ।
संस्थाले विशेष निदान परीक्षण मात्र होइन, सम्पूर्ण चिकित्सा सेवामा अग्रणी बन्ने उद्देश्य लिएको छ । यस अन्तर्गत स्वस्थ जीवनशैली प्रवद्र्धन गर्नेसम्मका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको छ । ल्याब परीक्षण, मल्टीस्पेशालिटी विशेषज्ञ परामर्श, एक्स–रे, युएसजी, ईसीजी, फार्मेसी जस्ता सेवा यस केन्द्रमा एकै छानामुनि उपलब्ध छन् ।
गुणस्तरीय सेवा र विशेषज्ञ टोली
अन्य ल्याबहरूभन्दा छुट्टै पहिचान बनाएको यस संस्थामा प्याथोलोजिस्ट, माइक्रोबायोलोजिस्ट, बायोकेमिस्ट लगायतका विभिन्न वरिष्ठ विशेषज्ञहरूको टोली आबद्ध छ । सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै केन्द्रले अफिस वा घरमै पुगेर निःशुल्क ब्लड स्याम्पल संकलन गर्ने सेवा पनि सुरु गरिसकेको छ ।
वार्षिकोत्सवको अवसरमा विशेष छुट र निःशुल्क सेवा
संस्थाकी प्रशासन प्रमुख रोजिका प्रधानका अनुसार, दोस्रो वार्षिकोत्सवको अवसरमा जेष्ठ महिनाभरि ल्याब रुटिन टेष्ट, अल्ट्रासोनोग्राफी (युएसजी), ईसिजी, इको, एक्सरे सेवामा २५ प्रतिशत छुट प्रदान गरिनेछ । साथै, जेठ ४ गतेबाट सप्ताहव्यापी रूपमा जनरल फिजिसियन, मधुमेह, हर्मोन तथा थाइराइड सम्बन्धी विशेषज्ञ परामर्श सेवा पनि निःशुल्क रूपमा उपलब्ध गराइनेछ।
सामाजिक उत्तरदायित्वमा सक्रियता
संस्थाले सामाजिक उत्तरदायित्वको भावना अनुरूप “समाजको लागि...” भन्ने नारासहित विशेष अभियानको सुरुवात पनि गरिसकेको छ । २०८२ सालको बैशाख महिनादेखि दैनिक रूपमा निःशुल्क ब्लड प्रेसर र सुगर परीक्षण सेवा दिइँदै आएको छ । संस्थाका अनुसार सामाजिक सचेतना अभिवृद्धि गर्ने र प्राथमिक स्वास्थ्य परीक्षणमा सबैलाई सहज पहुँच गराउने उद्देश्यसहित यो अभियान सञ्चालनमा ल्याइएको हो ।
स्वास्थ्य सेवा क्षेत्रमा निजी क्षेत्रको योगदान निरन्तर बढ्दै गइरहेको समयमा शुक्रा हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरले देखाएको प्रतिबद्धता स्वास्थ्य क्षेत्रमै सकारात्मक उदाहरण बन्न सक्ने विश्लेषण गरिएको छ ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
