नेभिगेशन

नेपालमा इनभिजलिनको सुरुवात: डेन्टल प्वाइन्टद्वारा अत्याधुनिक क्लियर अलाइनर सेवा सुरु

नेपाल हेल्थ न्युज, काठमाडौं । डेन्टल प्वाइन्ट प्रा.लि.ले अमेरिकन प्रविधिमा आधारित इनभिजलिन क्लियर अलाइनर नेपाली बजारमा भित्र्याएको छ। शुक्रबार आयोजित विशेष कार्यक्रममा कम्पनीले यसको औपचारिक घोषणा गरेको हो।

डेन्टल प्वाइन्टका कार्यकारी निर्देशक श्रेय पाण्डेका अनुसार इनभिजलिन अब दक्ष दन्त चिकित्सकहरूको माध्यमबाट देशभर उपलब्ध हुनेछ। उनले परम्परागत ब्रेसेस (तार प्रविधि) भन्दा इनभिजलिन प्रविधि धेरै नै सुविधाजनक, कम पीडादायी र आधुनिक रहेको बताए।

“हामीलाई खुशी लागेको छ कि हामीले नयाँ पुस्ताको दाँत उपचार प्रविधि नेपालीहरू माझ ल्याउन सकेका छौं,” पाण्डेले भनिन्, “इनभिजलिनको प्रयोगले बारम्बार चिकित्सकसँग भेट्नुपर्ने झन्झट कम हुन्छ, साथै तार खोल्ने-जोड्ने जस्तो झन्झटपूर्ण प्रक्रिया पनि हुँदैन।”

क्लियर अलाइनर प्रयोग गर्दा पारदर्शी उपकरणको कारणले गर्दा देखिने कुरामा पनि बिरामीलाई सजिलो हुने भएकाले विश्वभर यसको माग बढ्दै गएको पाण्डेले उल्लेख गरिन्।

इनभिजलिन प्रयोगकर्ताहरूलाई सजिलो होस् भनेर डेन्टल प्वाइन्टले ग्लोबल आइएमई बैंकको सहकार्यमा किस्ताबन्दी (इन्स्टलमेन्ट) सुविधा पनि प्रदान गर्ने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट