नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बेलायतको सार्वजनिक स्वास्थ्य तथा रोकथाम उपमन्त्री एस्ले डाल्टनसँग भेटवार्ता गर्नुभएको छ।
उक्त भेट जेनेभामा आयोजित विश्व स्वास्थ्य सम्मेलनको अवसरमा भएको हो।
भेटका क्रममा मन्त्री पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा बेलायत सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझै प्रभावकारी सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो। उहाँले विशेषतः आधारभूत स्वास्थ्य सेवा सुदृढीकरण र अस्पताल सेवा सुधारमा संयुक्त प्रयास आवश्यक रहेको बताउँदै बेलायती पक्षसँग सहकार्यका सम्भाव्य क्षेत्रबारे प्रस्ताव गर्नुभयो।
बेलायती उपमन्त्री डाल्टनले नेपाल सरकारले स्वास्थ्य क्षेत्रको सुधारमा गरेको प्रयासको प्रशंसा गर्दै नेपाल–बेलायतबीचको ऐतिहासिक मित्रताका आधारमा आगामी दिनमा सहकार्य अझै प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो।
सम्मेलनको अवसरमा मन्त्री पौडेलले विभिन्न मुलुकका स्वास्थ्य अधिकारीहरूसँग भेटघाट र छलफल गर्दै नेपालमा स्वास्थ्य सेवा सुधारमा सम्भावित सहकार्यका विषयमा छलफल गर्नुभएको छ। यसै क्रममा उहाँले भारतकी स्वास्थ्य सचिव पुण्य सलिला श्रीवास्तवसँग नेपाल–भारतबीचको स्वास्थ्य सम्बन्ध तथा सहकार्यका विविध पक्षमा विचार आदानप्रदान गर्नुभएको थियो।
मन्त्री पौडेलको सचिवालयका अनुसार उहाँले सम्मेलन अवधिभर विभिन्न अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाका प्रतिनिधिहरूसँग समेत भेटघाट गरी नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि आवश्यक सहयोग र सहकार्यबारे कुराकानी गर्ने कार्यक्रम रहेको छ।
भेरी अस्पतालमा तनाव चुलियो—सुरक्षा नभएसम्म काम नगर्ने चिकित्सकको अडान, सेवा ठप्प
बुधबार, वैशाख १६, २०८३
विदेश उपचारमा ‘भीआईपी सुविधा’ खारेजः सर्वोच्चको ब्रेक
मंगलबार, वैशाख १५, २०८३



