नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा सोमबारदेखि ट्रमा र चोटपटकसम्बन्धी जीवन रक्षक सीप तालिम सुरु गरिएको छ। राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रको सहकार्यमा आयोजित तीनदिने तालिममा २४ जना मेडिकल अधिकृत सहभागी छन्।
यो तालिम नेपालमा पहिलोपटक सुरु गरिएको हो। डा. बद्री रिजालका अनुसार एमबीबीएस सकेका चिकित्सकलाई आकस्मिक अवस्थामा घाइतेको ज्यान बचाउने आधारभूत सीप प्रदान गर्ने उद्देश्यले तालिम सुरु गरिएको हो।
तालिममा ट्रमा सेन्टर, वीर अस्पताल, ग्राण्डी र धुलिखेल अस्पतालका चिकित्सक सहभागी छन्। डा. माधव लम्सालले तालिम आपतकालीन सेवा, ट्रायज प्रक्रिया र उद्धार सम्बन्धी विषयमा केन्द्रित रहेको जानकारी दिनुभयो।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले यस्तो तालिम चिकित्सकको दक्षता अभिवृद्धिमा महत्वपूर्ण हुने बताउँदै पूर्वाधार र जनशक्ति विस्तारमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
