नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा सोमबारदेखि ट्रमा र चोटपटकसम्बन्धी जीवन रक्षक सीप तालिम सुरु गरिएको छ। राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रको सहकार्यमा आयोजित तीनदिने तालिममा २४ जना मेडिकल अधिकृत सहभागी छन्।
यो तालिम नेपालमा पहिलोपटक सुरु गरिएको हो। डा. बद्री रिजालका अनुसार एमबीबीएस सकेका चिकित्सकलाई आकस्मिक अवस्थामा घाइतेको ज्यान बचाउने आधारभूत सीप प्रदान गर्ने उद्देश्यले तालिम सुरु गरिएको हो।
तालिममा ट्रमा सेन्टर, वीर अस्पताल, ग्राण्डी र धुलिखेल अस्पतालका चिकित्सक सहभागी छन्। डा. माधव लम्सालले तालिम आपतकालीन सेवा, ट्रायज प्रक्रिया र उद्धार सम्बन्धी विषयमा केन्द्रित रहेको जानकारी दिनुभयो।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले यस्तो तालिम चिकित्सकको दक्षता अभिवृद्धिमा महत्वपूर्ण हुने बताउँदै पूर्वाधार र जनशक्ति विस्तारमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

