नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रमा ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। गत आवमा स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब २४ करोड विनियोजन गरिएको थियो।
बुधबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/ ८३ का लागि बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रका लागि छुट्याइएको बजेट सार्वजनिक गर्नुभएको हो।
स्वास्थ्य क्षेत्रमा यसपटक एक खर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन हुने अनुमान गरिएको थियो। तर उक्त अनुमानभन्दा ४ अर्ब १९ करोड रुपैयाँ कम बजेट आएको छ। गत वर्षको तुलनामा बजेटमा आंशिक वृद्धि देखिए पनि अपेक्षित ‘उल्कात्मक’ वृद्धि नदेखिएको भन्दै स्वास्थ्यकर्मी र नीति विश्लेषकहरूले चिन्ता व्यक्त गर्न थालेका छन्।
विशेषगरी कोभिड-१९ महामारीपछि सार्वजनिक स्वास्थ्य संरचना, जनशक्ति, औषधि आपूर्ति तथा सेवा विस्तारको आवश्यकता झनै बढेको सन्दर्भमा सरकारले पर्याप्त बजेट नछुट्याएको भन्दै आलोचना हुन थालेको छ।
बजेटमा सार्वजनिक अस्पतालको सेवा सुधार, निशुल्क औषधि उपलब्ध गराउने कार्यक्रम, नयाँ मेडिकल कलेजहरूको निर्माण, मातृ तथा शिशु स्वास्थ्य प्रवर्द्धन, बिरामीको निःशुल्क उपचार लगायतका कार्यक्रमहरूलाई समावेश गरिएको भए पनि समग्र विनियोजनले दीर्घकालीन स्वास्थ्य सुधारका चुनौतीहरू सम्बोधन गर्न सक्ने देखिँदैन।
स्वास्थ्य क्षेत्रमा दीगो सुधार र सेवा विस्तारका लागि नीति निर्माताहरूले समन्वय र स्रोत व्यवस्थापनमा गम्भीर ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव छ।
आहारपूरकलाई औषधिको दायरामा राख्ने प्रस्तावप्रति व्यवसायीको आपत्ति
मंगलबार, साउन १२, २०८३
‘लेट्स ब्रेक इट’ अभियानः २०३० सम्म हेपाटाइटिस सी उन्मूलनको लक्ष्यमा नेपाल-डा. सर्वेश शर्मा
मंगलबार, साउन १२, २०८३


