नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले १५० जना मेडिकल अधिकृतको आवश्यकता रहेको भन्दै दरखास्त आह्वान गरेको छ। बोर्डले आज सूचना प्रकाशित गर्दै आठौं तहको पदमा करार सेवामा नियुक्तिका लागि योग्य नेपाली नागरिकबाट दरखास्त माग गरेको हो। आवेदन दिन इच्छुक उम्मेदवारले मान्यता प्राप्त शैक्षिक संस्थाबाट एम.बी.बी.एस. उत्तीर्ण गरेको हुनुपर्छ। साथै उमेर २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।
उम्मेदवारले नागरिकता प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, पञ्जीकृत परिषद्को प्रमाणपत्र, PAN प्रमाणपत्र, र ३ प्रति फोटो संलग्न गर्नुपर्नेछ। साथै, दरखास्त दिने व्यक्तिसँग आफ्नै ल्यापटप वा अन्य वर्किङ डिभाइस अनिवार्य रूपमा हुनुपर्नेछ।
बोर्डले दरखास्त फारम आफ्नो वेबसाइट www.hib.gov.np बाट डाउनलोड गर्न सकिने जनाएको छ। योग्य उम्मेदवारहरूले दस्तुरसहितको फारम बोर्डको कार्यालयमा ७ दिनभित्र बुझाउनुपर्नेछ।

विराट क्यान्सर इन्स्टिच्युटमा फोक्सोमा हुने क्यान्सरको शल्यक्रिया सेवा सुरु
आइतबार, साउन १७, २०८३
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत
आइतबार, साउन १७, २०८३


