नेपाल हेल्थ न्युज,वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालमा विद्युत अवरुद्ध भएर गम्भीर अवस्थामा रहेका १७ जना बिरामी जोखिममा परेपछि वीरगन्ज महानगर प्रमुख राजेशमान सिंहले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्नुभएको छ ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्र बुझाउँदै मेयर सिंहले दोषी कर्मचारीमाथि कारबाही, अस्पताल विकास समिति बर्खास्त, र सरकारी अस्पतालहरूमा आकस्मिक व्यवस्थापन प्रणाली बलियो बनाउन माग गर्नुभएको हो।
गत शुक्रबार राति अस्पतालको आईसियु र सिसिसियु वार्डमा करिब तीन घण्टा बत्ती नहुँदा उपचारमा समस्या भएको थियो। मेयर सिंहले यो घटना अस्पताल प्रशासनको लापरवाही भएको आरोप लगाउनुभयो।
घटनापछि बसेको बैठकले अस्पतालका इलेक्ट्रिसियन इन्चार्जलाई निलम्बन गरिसकेको छ। तर मेयर सिंहले यो अपुग भन्दै नीति तहबाटै ठोस कदम चाल्न आग्रह गर्नुभएको छ।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

