नेपाल हेल्थ न्युज,वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालमा विद्युत अवरुद्ध भएर गम्भीर अवस्थामा रहेका १७ जना बिरामी जोखिममा परेपछि वीरगन्ज महानगर प्रमुख राजेशमान सिंहले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्नुभएको छ ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्र बुझाउँदै मेयर सिंहले दोषी कर्मचारीमाथि कारबाही, अस्पताल विकास समिति बर्खास्त, र सरकारी अस्पतालहरूमा आकस्मिक व्यवस्थापन प्रणाली बलियो बनाउन माग गर्नुभएको हो।
गत शुक्रबार राति अस्पतालको आईसियु र सिसिसियु वार्डमा करिब तीन घण्टा बत्ती नहुँदा उपचारमा समस्या भएको थियो। मेयर सिंहले यो घटना अस्पताल प्रशासनको लापरवाही भएको आरोप लगाउनुभयो।
घटनापछि बसेको बैठकले अस्पतालका इलेक्ट्रिसियन इन्चार्जलाई निलम्बन गरिसकेको छ। तर मेयर सिंहले यो अपुग भन्दै नीति तहबाटै ठोस कदम चाल्न आग्रह गर्नुभएको छ।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
विशेषज्ञ लाइसेन्स परीक्षामा ७५.२५ प्रतिशत चिकित्सक उत्तीर्ण
शुक्रबार, मंसिर १९, २०८२ट्रेन्डिङ
