नेपाल हेल्थ न्युज, काठमाडौँ । आज नेपालभर १७औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइँदैछ। खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता भन्ने नाराका साथ मनाइने यस दिवसमा खाद्य सुरक्षासम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्य लिइएको छ।
सन् २०१९ देखि संयुक्त राष्ट्रसङ्घको सिफारिसमा हरेक वर्ष जुन ७ तारिखका दिन विश्व खाद्य स्वच्छता दिवस मनाइँदै आएको छ। नेपालमा भने यसअघि नै, अर्थात् विसं २०६५ देखि नै खाद्य स्वच्छता दिवस मनाउन थालिएको थियो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार, दिवसको अवसरमा विभागले जेठ १८ देखि २४ गतेसम्म सप्ताहव्यापी कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।
विश्व स्वास्थ्य सङ्गठनका पछिल्ला तथ्याङ्कले देखाउँछ कि प्रत्येक वर्ष विश्वभर करिब ४ लाख २० हजार मानिस अस्वच्छ र दूषित खाद्य पदार्थको कारण मृत्यु हुने गर्छ। विषाक्त भोजनको कारण प्रत्येक वर्ष ५५ करोड मानिस झाडापखाला लगायतका रोगबाट प्रभावित हुन्छन् भने दुई लाख ३० हजारको मृत्यु मात्र झाडापखालाबाट हुने गरेको छ।
नेपालमा खाद्य सुरक्षालाई थप मजबुत बनाउन हालै “खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ जारी गरिएको छ। यस ऐनले उपभोक्ता हित संरक्षण र मानव स्वास्थ्यको सुरक्षालाई कानुनी रुपमा सुनिश्चित गरेको छ। ऐनअनुसार खाद्य उत्पादनदेखि उपभोगसम्मका सबै चरणमा वैज्ञानिक आधारमा गुणस्तर र स्वच्छता सुनिश्चित गर्नुपर्ने प्रावधान राखिएको छ।
विश्व स्वास्थ्य सङ्गठनले तरकारी र फलफूलमा कीटनाशक विषादीको अवशेष, पशुपंक्षीजन्य उत्पादनमा एन्टिबायोटिकको प्रयोग, तथा खाद्यान्नमा ढुसीजन्य विषको उपस्थितिलाई गम्भीर चुनौतीको रूपमा औँल्याएको छ।
संविधानले खाद्य अधिकारलाई मौलिक अधिकारको रूपमा सुनिश्चित गरेको हुँदा खाद्य स्वच्छता सुनिश्चित गर्नु राज्यको जिम्मेवारी बनेको छ। सोही उद्देश्यले सरकारले ऐन मार्फत नियमन सुदृढ गर्न खोजेको हो।
दिवसका अवसरमा खाद्य सुरक्षामा संलग्न सरकारी तथा गैरसरकारी निकाय, विकास साझेदार संस्था, खाद्य उद्योग, उपभोक्ता संरक्षणसम्बन्धी सङ्गठनहरू बीच सहकार्य र समन्वयका साथ विभिन्न कार्यक्रमहरू आयोजना गरिँदैछ।
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूचीसहित)
आइतबार, वैशाख २०, २०८३
अध्यादेशपछि १,५९४ पदाधिकारी एकैपटक पदमुक्त, स्वास्थ्य तर्फका को–को परे ?
आइतबार, वैशाख २०, २०८३

