नेपाल हेल्थ न्युज, काठमाडौं । ती साना आँखा, नाजुक हातहरू र भोलिको सपना बोकेर जन्मिएको थियो एउटा सानो जीवन — लियोनार्दो एडवर्ड श्रेष्ठ । तर जीवन कहिल्यै सहज हुँदैन। जन्मेको चार महिनामै उनको मस्तिष्कमा ट्युमर देखियो। अमेरिकामा उपचारका सबै प्रयासहरू असफल भए र सन् २०१९ को अक्टोबर ३१ मा लियोनार्दोले यो संसार छाडे । साढे आठ महिनाको नानीको असामयिक बिदाइले परिवारलाई मात्र होइन, सम्पूर्ण समाजलाई पनि भित्रभित्रै छोयो ।
तर लियोनार्दोको सम्झनाले एउटा नयाँ आशा जन्मायो—‘लियोनार्दो एडवर्ड श्रेष्ठ फाउन्डेसन ।’ पाँच वर्षअघि अमेरिकाको मिनेसोटामा स्थापना भएको यो फाउन्डेसन, आज नेपालका क्यान्सर पीडित बालबालिकाहरूको जीवनमा न्यानोपन र भरोसा बोकेर आइपुगेको छ ।
बिरामी र उनका अभिभावकहरूलाई खाने र बस्ने व्यवस्था गर्न हामीले यो काम थालेका हौं । १८ वर्ष मुनिका बालबालिकाहरूलाई निःशुल्क सेवा दिन्छौं । सरकारको एक लाख रुपैयाँको सहयोग मात्र अपुग भएकाले, कहिलेकाँहीं उपचार खर्च र शव घर पु¥याउने गाडी भाडासमेत हामी मिलाउँछौं ।
आज, काठमाडौँको धापासी, भक्तपुर र ललितपुरमा भाडाका घरहरूमा ३४ जना बालबालिकाका परिवारहरू बसिरहेका छन् । ठाउँको अभावमा पाँच बालबालिकालाई त छुट्टै कोठा भाडामा लिएर मासिक खर्च दिइएको छ । प्रत्येक महिनामा साढे ६ लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ — घरभाडा, खाना, उपचार र अन्य व्यवस्थापनमा ।
फाउन्डेसनले अमेरिकामा बसेका सुनील श्रेष्ठ (लियोनार्दोका बुवा) र त्यहाँका साथीभाइहरूबाट सहयोग उठाएर नेपाल पठाउँछन् । हाल नेपालका केही बैंकहरू र होटलहरूले पनि सहयोग गर्न थालेका छन् । अहिलेसम्म २१५ जना बालबालिकाले यो सेवाको लाभ लिइसकेका छन् ।

तर संघर्ष अझै बाँकी छ । ‘हरेक महिनाको दुई लाख रूपैयाँ घरभाडा तिर्नै पर्छ । सरकारले क्यान्सर पीडित बालबालिकाहरूका लागि आवास र यातायातको उचित व्यवस्था गर्नुपर्छ । सरकारले १४ वर्ष मुनिका बालबालिकालाई निःशुल्क उपचार दिने भनेपनि, सबै अस्पतालमा कार्यान्वयन हुन सकेको छैन ।
फाउन्डेसनले उपचारका क्रममा आवश्यक परेको थप खर्च—१० देखि १५ हजार रूपैयाँसम्म र घर फर्किने क्रममा गाडी भाडासमेत सहयोग गर्छ । वार्षिक सम्झौताअनुसार समाज कल्याण परिषद्र्फत रकम पठाइन्छ र सबै खर्च विवरण नियमित रूपमा पेस गरिन्छ। बच्चाहरूको फोटो, उपचारको प्रगति, बिल र अन्य कागजातसमेत सँगै पठाइन्छ ।
संसारबाट चाँडै बिदा भएका साना लियोनार्दोको स्मृतिले आज सयौं बालबालिकाहरूलाई जीवनको अर्को मौका दिइरहेको छ । उनको नाउँमा बगेका आँसुहरू, आज आशाको बिउ बनिरहेका छन् ।
(श्रेष्ठ लियोनार्दो एडवर्ड श्रेष्ठ फाउन्डेसन नेपालकी अध्यक्ष हुनुहुन्छ ।
चम्किलो प्याकेटभित्र लुकेको मृत्युको पासो:रोग र पीडाको व्यापार
आइतबार, जेठ १७, २०८३
९७७ दरबन्दी थपिँदा पनि हेल्थ असिस्टेन्ट शून्य
सोमबार, वैशाख २८, २०८३
सेवामा समर्पित तर सम्मानबाट वञ्चितः स्वास्थ्यकर्मीको वास्तविकता
शुक्रबार, वैशाख १८, २०८३
नर्सबाट नेतृत्वसम्मः अब व्यवहारिक सुधारको ऐतिहासिक अवसर
बिहीबार, चैत १९, २०८२

