नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरको स्वास्थ्य सुधार र रोग न्यूनीकरणका लागि नयाँ पहल सुरु गरेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ बाट लागू हुने गरी मन्त्रालयले म स्वस्थ, मेरो समुदाय स्वस्थ नामक स्वास्थ्य प्रवर्धन कार्यक्रम सञ्चालन गर्न लागेको हो।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको सचिवालयका अनुसार, यो कार्यक्रम अन्तर्गत देशका प्रत्येक गाउँपालिका र नगरपालिकामा जनस्वास्थ्य अधिकृतको व्यवस्था गरिनेछ। हालसम्म महानगर र उपमहानगरमा जनस्वास्थ्यकर्मीहरूको उपस्थिति रहेकाले बाँकी रहेका ७३६ स्थानीय तहमा सातौं तहका जनस्वास्थ्य अधिकृत पठाउने तयारी भइसकेको मन्त्रालयले जनाएको छ।
कार्यक्रमले जनस्वास्थ्य समस्याको पहिचान, नसर्ने रोगहरूको जोखिम न्यूनीकरण, मानसिक स्वास्थ्य चेतना, आत्महत्या रोकथाम, सरसफाइ र स्वस्थ जीवनशैली प्रवर्धन जस्ता विषयमा जनस्तरमै सशक्त कार्य गर्ने लक्ष्य राखेको छ। फागुन महिनामा देशव्यापी स्वास्थ्य स्क्रिनिङ अभियानसमेत सञ्चालन गरिनेछ।
जनस्वास्थ्य अधिकृतहरूलाई उनीहरूको भूमिकाबारे स्पष्ट बनाउने कार्यविधि तयारीमा रहेको र यसमा विद्यालय स्वास्थ्य, शुद्ध पानी, पोषण र समुदायस्तरका अन्य स्वास्थ्य कार्यक्रम समेटिने छन्। स्थानीय तहका विद्यालय नर्स र स्वास्थ्य संस्थासँग समन्वय गरेर तथ्यांक संकलन, समस्या विश्लेषण, र कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा उनीहरूको भूमिका रहनेछ।
मन्त्री पौडेलका सल्लाहकार प्रताप पौडेलका अनुसार, अस्वस्थ जीवनशैली र बदलिँदो खानपानका कारण बढ्दो नसर्ने रोगको चुनौतीले यस्तो कार्यक्रमको खाँचो महसुस भएको हो। “जनस्वास्थ्यमा अहिलेको सबैभन्दा ठूलो खतरा नै नसर्ने रोग हो। यसलाई रोक्न स्थानीय तहमै जनशक्ति परिचालन गर्नुपर्ने आवश्यकता थियो,” उहाँले भन्नुभयो।
यस कार्यक्रममार्फत रोग लाग्नै नदिने उपायहरूमा नागरिकलाई जानकारी दिइने, जोखिमका संकेतहरू समयमै पहिचान गरिने र सरकारको स्वास्थ्यमा हुने खर्च घटाउने अपेक्षा गरिएको छ।
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूचीसहित)
आइतबार, वैशाख २०, २०८३
अध्यादेशपछि १,५९४ पदाधिकारी एकैपटक पदमुक्त, स्वास्थ्य तर्फका को–को परे ?
आइतबार, वैशाख २०, २०८३

