नेपाल हेल्थ न्युज, चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा थप फार्मेसी सेवा सुरु गरिएको छ। बढ्दो बिरामी संख्याका कारण सेवा सहज बनाउने उद्देश्यले अस्पतालले डेकेयर विभागमा नयाँ औषधि पसल सञ्चालनमा ल्याएको हो। यसअघि दुईवटा फार्मेसी मात्र सञ्चालनमा थिए।
अस्पतालका उपनिर्देशक डा. उमेश नेपालले जानकारी दिएअनुसार नयाँ शाखा विशेषगरी भर्ना नभई कीमोथेरापी लिने बिरामीका लागि लक्षित गरिएको हो। डेकेयरमा आउने बिरामीलाई औषधि खरिद गर्न सहज होस् भन्ने हेतुले यो शाखा स्थापना गरिएको हो।
उहाँले थप जानकारी दिँदै भन्नुभयो, यो फार्मेसी बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ र यहाँबाट विपन्न योजना अन्तर्गत तथा नगदमार्फत् औषधि किन्न सकिनेछ।
हाल अस्पतालमा तीनवटा फार्मेसी सञ्चालनमा छन् — ओपिडी फार्मेसी, जुन बिमा तथा नगद दुवै माध्यमबाट औषधि बिक्री गर्छः भित्री भवनमा रहेको चौबीसै घण्टा खुला फार्मेसीः र हालै थपिएको डेकेयर शाखा।
अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार बिरामीलाई औषधि खरिदका लागि लामो समय कुर्नुपर्ने अवस्थालाई कम गर्न नयाँ शाखा खोलिएको हो। उहाँले निकट भविष्यमा शल्यक्रिया कक्ष तथा सघन उपचार कक्षलाई लक्षित गरी थप फार्मेसी सञ्चालन गर्ने योजना रहेको समेत बताउनुभयो।
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

