नेपाल हेल्थ न्युज, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पछिल्लो समयमा पशुहरूमा फैलिएको लम्पी स्किन र अफ्रिकन स्वाइन फ्लुको संक्रमण नियन्त्रण गर्न छिटो प्रतिक्रिया जनाउँदै छ। संक्रमित क्षेत्रको स्थिति बुझ्न र रोग रोकथामका लागि तत्काल प्रभावकारी कदम चाल्न मन्त्रालयले टोली गठन गरी परिचालन गरेको छ।
मन्त्री रामनाथ अधिकारीको नेतृत्वमा बसेको बैठकले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सकको नेतृत्वमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, प्रदेशका सम्बन्धित अधिकारीहरू र स्थानीय तहका प्रतिनिधिहरूको सहभागीमा टोली बनाउने निर्णय गरेको छ। यो टोली तुरुन्तै संक्रमित क्षेत्रहरूमा गई रोगको अवस्थाको अनुगमन गर्नेछ।
पशु स्वास्थ्य महाशाखाका वरिष्ठ पशु चिकित्सक डा. तपेन्द्र प्रसाद बोहोरालाई दैनिक र आवधिक रिपोर्टिङको लागि फोकल पोइन्ट नियुक्त गरिएको छ। बैठकले वर्षायाम सुरु हुन लागेको अवस्थामा लामखुट्टे तथा अन्य कीराद्वारा फैलिने रोगहरूको जोखिम मूल्यांकन गर्न, खोप र आवश्यक सामग्रीहरूको तयारी गर्ने पनि निर्णय गर्यो।
त्यसैगरी, तीन तहका सरकारको समन्वयमा रोग नियन्त्रणका लागि स्रोत व्यवस्थापन र आवश्यक बजेटको व्यवस्था गर्न पशु सेवा विभागलाई निर्देशन दिइएको छ।
औषधि व्यवस्था विभागका तीन वरिष्ठ अधिकारीको जिम्मेवारी हेरफेर, को कहाँ सरुवा भयो ?
आइतबार, साउन २४, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार प्रमुख पदाधिकारीका लागि खुला आवेदन आह्वान
आइतबार, साउन २४, २०८३
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
