नेपाल हेल्थ न्युज, काठमाडौं । गायिका रचना रिमाल स्वास्थ्यमा समस्या आएपछि विशेष उद्धारमार्फत काठमाडौं ल्याइएको छ। रूकुम पश्चिमको सानिभेरी गाउँपालिका अन्तर्गत बेलटापुमा आयोजना गरिएको महोत्सवमा प्रस्तुति दिन गएकी रिमाल अचानक बिरामी भएपछि उद्धार गरिएको हो।
पेट दुखाइको गुनासो आएपछि प्रारम्भिक उपचारका लागि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत हुँदै नेपालगञ्ज लगिएको थियो। अवस्था जटिल देखिएपछि मंगलबार बिहान पुनः हेलिकप्टरमार्फत काठमाडौं ल्याएर धुम्बाराहीस्थित हेम्स अस्पतालमा भर्ना गरिएको स्रोतले जानकारी दिएको छ।
रचना रिमाल हाल नेपाली संगीत क्षेत्रमा अत्यन्त सक्रिय गायिका हुन्। उनले देशका विभिन्न स्थानमा लगातार सांगीतिक प्रस्तुति दिइरहेकी छन्। रूकुमको कार्यक्रममा प्रस्तुति दिनुअघि नै स्वास्थ्यमा समस्या देखिएको बताइएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव
सोमबार, साउन १८, २०८३ट्रेन्डिङ
२
