नेपाल हेल्थ न्युज, काठमाडौं । गायिका रचना रिमाल स्वास्थ्यमा समस्या आएपछि विशेष उद्धारमार्फत काठमाडौं ल्याइएको छ। रूकुम पश्चिमको सानिभेरी गाउँपालिका अन्तर्गत बेलटापुमा आयोजना गरिएको महोत्सवमा प्रस्तुति दिन गएकी रिमाल अचानक बिरामी भएपछि उद्धार गरिएको हो।
पेट दुखाइको गुनासो आएपछि प्रारम्भिक उपचारका लागि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत हुँदै नेपालगञ्ज लगिएको थियो। अवस्था जटिल देखिएपछि मंगलबार बिहान पुनः हेलिकप्टरमार्फत काठमाडौं ल्याएर धुम्बाराहीस्थित हेम्स अस्पतालमा भर्ना गरिएको स्रोतले जानकारी दिएको छ।
रचना रिमाल हाल नेपाली संगीत क्षेत्रमा अत्यन्त सक्रिय गायिका हुन्। उनले देशका विभिन्न स्थानमा लगातार सांगीतिक प्रस्तुति दिइरहेकी छन्। रूकुमको कार्यक्रममा प्रस्तुति दिनुअघि नै स्वास्थ्यमा समस्या देखिएको बताइएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
डा. अरुण शाही ‘द म्याक्स फाउण्डेसन’को ग्लोबल थिंक ट्यांक सदस्यमा नियुक्त
बिहीबार, माघ १५, २०८२ट्रेन्डिङ
