नेपाल हेल्थ न्युज, काठमाडौँ । चावहिलस्थित ॐ अस्पतालमा उपचारमा लापरवाही भएको ठहर गर्दै उपभोक्ता अदालतले ५० लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति भराउने आदेश दिएको छ।
उक्त मुद्दामा अदालतका अध्यक्ष रामप्रसाद शर्मा, सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले बिहीबार निर्णय सुनाएको हो।
९८ वर्षीय हरिप्रसाद गौतमको मृत्युपश्चात छोरा बसन्त गौतमले ५ करोड क्षतिपूर्ति माग गर्दै रिट दायर गरेका थिए। अदालतले अस्पताललाई ८० प्रतिशत अर्थात् ४० लाख ५६ हजार रुपैयाँ र बाँकी २० प्रतिशत दुईजना चिकित्सकलाई ३ लाख ५ हजार रुपैयाँका दरले तिराउने आदेश दिएको हो।
उजुरी अनुसार, माघ ५ गते हरिप्रसाद बाथरुममा लडेपछि चाबहिलस्थित ॐ अस्पतालको इमरजेन्सीमा पुर्याइएको थियो। सामान्य चेकजाँचपछि एक्सरे गरी 'ठूलो समस्या छैन' भन्दै दुखाइ कम हुने इन्जेक्सन दिइएको र केही औषधिसहित डिस्चार्ज गरिएको थियो। तर, चार दिनसम्म पनि दुखाइ नघटेपछि अर्को निजी अस्पतालमा लैजाँदा खुट्टा भाँचिएको पुष्टि भएको थियो।
सही उपचार नगरी लापरवाही भएकै कारण थप जटिलता भई ज्यान गएको भन्दै बसन्त गौतमले क्षतिपूर्ति दाबी गरेका थिए। अदालतले अस्पताल र चिकित्सकहरूको लापरवाही प्रमाणित भएको ठहर गर्दै क्षतिपूर्ति भराउने आदेश दिएको हो।
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
