नेपाल हेल्थ न्युज, काठमाडौं । नागरिक बचाउ महाअभियानका केन्द्रिय अध्यक्ष एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जेल जानुअघि एक भावुक सन्देश सार्वजनिक गरेका छन्। शान्तिपूर्ण आन्दोलनमा सहभागी भएकै कारण आफू लगायत देशभक्त अभियन्ताहरूलाई झुट्टा मुद्दा लगाएर जेल चलान गरिएको उनको आरोप छ।
२०७८ साल चैत्र १५ गते काठमाडौंको तीनकुनेमा आयोजित आन्दोलनमाथि भएको ‘राज्यको बर्बर दमन’ को विषय उठाउँदै प्रसाईंले सामाजिक सञ्जालमार्फत एक गहिरो अभिव्यक्ति दिएका छन्। उनले लेखेका छन्, “म हाँसि हाँसि जेल जान तयार छु। म कतिपनि बिचलित छैन। यो निर्णयले मेरो शरीर त के, रौं पनि हल्लिएको छैन।”
न्यायालयप्रति सम्मान, मुद्दा भने अस्वीकार्य
काठमाडौं जिल्ला अदालतले ‘अपराधिक उपद्रव’ सम्बन्धी अभियोगमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सुनाएको हो। उक्त निर्णयप्रति गुनासो नभए पनि आरोपहरू असत्य र षड्यन्त्रजन्य रहेको प्रसाईंको भनाइ छ।
उनले लेखेका छन्, “सत्यको शक्ति अगाडि झुट कहिल्यै टिक्दैन। भगवानको घरमा ढिलो हुन सक्छ, तर अन्याय हुँदैन।”
आन्दोलनकारीको आत्मबल झल्काउने भाषा
प्रसाईंले शहीद शुक्रराज शास्त्री र धर्मभक्त माथेमाजस्ता क्रान्तिकारीहरूको उदाहरण दिँदै आफू पनि सत्यको पक्षमा लड्न तयार रहेको जनाएका छन्। उनले भनेका छन्, “कतिपल्ट थुनिए पनि मेरो आस्था, विचार र स्वाभिमान न त झुक्छ, न त थुनिन्छ।”
उनको यो अभिव्यक्तिमा सरकारलाई ‘भ्रष्ट र तस्कर’को संज्ञा दिँदै कडा आलोचना गरिएको छ। उनले लेखेका छन्, “यो तस्कर र भ्रष्ट सरकारसँग म बाँचुन्जेल घुँडा टेक्ने छैन। शरिरमा एक थोपा रगत र एक मुठ्ठी सास रहेसम्म लड्नेछु।”
समर्थकलाई अपिल:‘मलाइ पर्खनुहोस्’
जेल जानुअघि प्रसाईंले आफ्ना शुभचिन्तक, समर्थक र सहकर्मीहरूलाई धैर्य गर्न आह्वान गरेका छन्। उनले लेखेका छन्, “म भ्रष्ट र तस्करहरूले लगाएका सारा झुट्टा मुद्दाका पर्खालहरू एक–एक गर्दै भत्काएर, तपाईंहरूको पीडा र अभावमा मलम पट्टी लगाउन छिट्टै आउनेछु।”
सन्देशको अन्त्यमा उनले राष्ट्रप्रेम, स्वाभिमान र सेवा भाव झल्किने शैलीमा भनेका छन्, “मैले देखेको सपना र रोपेको विरुवा स्वार्थको होइन, देश र जनता प्रतिको सेवा र समर्पणको हो। म मरे पनि मेरा विचार सदा जीवित रहनेछन्।”
प्रसाईंको यो सन्देश मध्यराति १ बजे सार्वजनिक गरिएको हो, जसमा प्रमुख स्वकीय सचिव माधव कल्पितको विशेष सहयोग रहेको उल्लेख गरिएको छ।

‘डिम्बको कालोबजारी’ को काला अध्यायः किशोरीको शरीरमाथि व्यापार !
मंगलबार, असार ३१, २०८२
भक्तपुर क्यान्सर अस्पतालमा आधुनिक उपकरणको शुभारम्भ: अब क्यान्सर उपचार अझै गुणस्तरीय
बिहीबार, असार २६, २०८२
चिकित्सक फर्किए ड्युटीमा, आन्दोलन रोकियो, सरकारसँगको सहमति पछि सेवा सुचारु
बुधबार, असार २५, २०८२
स्वास्थ्य पत्रकार मञ्चको अस्तित्व संकटमाः नेतृत्व विवादपछि सामूहिक बहिर्गमन
आइतबार, असार २२, २०८२