नेभिगेशन

मञ्चको गीतबाट अस्पतालको शैयासम्मः चर्चित गायिका रचना रिमालको जीवनका कठिन पल

जसरी गीतले मन छोइरहन्छ, कहिलेकाहीं जीवनका कथाहरुले पनि सिङ्गो देशको मन छुन सक्छ। चर्चित गायिका रचना रिमालको पछिल्लो अनुभव त्यस्तै एक जीवनको गीतजस्तै छ—जहाँ अचानक पेटको पीडा, रातको अन्योल, हेलिकप्टरको गुँगुंग आवाज, अस्पतालको हतारो र अन्ततः पुनः जीवित रहँदा झैँको अनुभूति मिसिएको छ ।

गीत गाउन गएकी रचना, अस्पतालको ओछ्यानमा पुगिन्
रचना रिमाल जेष्ठ २६ गते रुकुम गएकी थिइन्—एक सांगीतिक कार्यक्रमको लागि। साँझ खानपिनपछि थकाइ मेट्न उनी सुतेकी थिइन्। तर बिहान १ बजेदेखि पेटमा असह्य पीडा शुरु भयो। त्यो पीडा सामान्य थिएन—घण्टौँसम्म दुखाइ बढ्दै गयो ।

स्थानीय आयोजकहरुलाई खबर गरियो। हतारहतार उनलाई चौरजहारी अस्पताल लगियो। प्रारम्भिक परीक्षणपछि चिकित्सकहरुले तुरुन्त एपेन्डिक्सको अपरेशन गर्नुपर्ने सुझाव दिए। तर त्यो रात र स्थान दुबै रचनाका लागि अपरिचित थिए। अस्पतालको सेतो पर्खालबीच उनको मन भौतारिइरहेको थियो—“मैले त गीत गाउन आएकी थिएँ, म त बिरामी भएर अपरेशनमा जान लागेछु...”

हेलिकप्टर खोजी, सेना र नेताको समन्वय
त्यसपछि रचनाका आफन्तहरुले निर्णय गरे—उनीलाई तुरुन्त काठमाडौं ल्याएर उपचार गर्ने । निजी हेलिकप्टर काठमाडौंमै मात्र उपलब्ध थिए। यस्तो बेला सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकप्टर सबैभन्दा नजिक र प्रभावकारी विकल्प बन्यो।

रचनाको उद्धारका लागि तत्काल प्रक्रिया थालियो। रक्षा मन्त्री मानबीर राई, सांसद महेश वर्तौला र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको सहजीकरणमा सेनाको सशुल्क हेलिकप्टर रुकुम पुग्यो। जीवनरक्षक त्यो उडान सुरु भयो—एक गायिकाको आवाज बचाउने सन्देशसहित ।

रुकुमदेखि काठमाडौंसम्मको सङ्घर्ष
हेलिकप्टरले उनलाई रुकुमबाट नेपालगन्ज पु¥यायो। त्यहाँबाट बुद्ध एयरमार्फत काठमाडौं ल्याइयो। एयरपोर्टमै एम्बुलेन्स तयार थियो—गायिका रिमाललाई ह्याम्स अस्पतालको एमर्जेन्सीमा भर्ना गरियो।

शुरूमा आशंका गरिएअनुसार एपेन्डिक्स थिएन। परीक्षणपछि पत्ता लाग्यो—उनलाई आन्द्राको संक्रमण (ष्लतभकतष्लब िष्लाभअतष्यल) भएको रहेछ। यो गम्भीर अवस्था थियो, जसको उपचारमा तुरुन्त ध्यान दिन आवश्यक थियो। अस्पतालको शीतल कोठामा, रचना शैयामा थिइन्—तर उनको अनुहारमा पीडाभन्दा बढी गहिरो विचार झल्किएको थियो।

डाक्टरहरुको समर्पण र पुनर्जन्मको अनुभूति
ह्याम्स अस्पतालका वरिष्ठ चिकित्सक डा. भोला रिजालको समन्वयमा डा. अनुज पराजुली र डा. दिवेश श्रेष्ठको टोलीले उपचारको जिम्मा लिए। पाँच दिनसम्म निरन्तर निगरानीमा राखियो। धीरे–धीरे सुधार देखिन थाल्यो। रचनालाई फेरि गीत सम्झना आउन थाले—मै त बाँचें, फेरि गाउँछु...

डिस्चार्ज भएपछि उनी लेख्छिन्—“चौरजहारीदेखि ह्याम्ससम्म खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीलाई धन्यवाद । यस्तो समयमा साथ दिने सबैप्रति म सधैं ऋणी छु।“

रचनाको आवाज फेरि गुञ्जिनेछ
उनको स्वास्थ्य अब सामान्य अवस्थामा फर्किँदैछ। चिकित्सकको सल्लाहमा उनी अहिले घरमै विश्राम गरिरहेकी छन्। सबै निर्धारित कार्यक्रम केही समयका लागि स्थगित गरिएको छ। तर रचनाको शब्दमा—“छिट्टै म पूर्ण स्वास्थ्यसहित फेरि मञ्चमा फर्किनेछु।“ यस अनुभवले उनलाई जीवनप्रति थप सचेत बनाएको छ। र सायद अबका गीतहरूमा पनि जीवनका यी गहिरा पलहरु कतै मिसिएर आउलान् ।

एक प्रेरणाः रोगभन्दा अग्लो सङ्घर्ष
रचनाको यो अनुभव केवल एक चर्चित व्यक्तिको स्वास्थ्य समस्या मात्र होइन, यो हाम्रो स्वास्थ्य प्रणाली, विपद् व्यवस्थापन, र सहकार्यको पनि एक उदाहरण हो। साङ्गीतिक कार्यक्रमबाट सुरु भएको यो यात्राले एक कुरा भने प्रष्ट पा¥यो—जीवन कहिलेकाहीँ एक्कासि मोडिन्छ, तर समयमै सहयोग पाइयो भने फेरि गीत फिर्ता आउँछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष